प्रा.डा. बद्रीविशाल पोखरेल
एमाले नेपालको सिद्धान्त, सङ्गठन र सिर्जना अर्थात् त्रिआयामिक विशेषतायुक्त पहिलो राजनीतिक शक्ति हो । जबज नामको यो दुनियाँको उन्नत जनवादी लोकतान्त्रिक सिद्धान्त भएको यो पार्टी यस देश, जनता र जनजीविकाको सुदूर र सुन्दर भविष्यका दृष्टिले सुस्पष्ट रहेको देखिन्छ । तर जबज अनुकूलको शैली, संस्कार, जीवन पद्धति, आचार र विचार मदनको अवसानसँगै लामो समय ओझेल पर्न गयो । यसैले यस पार्टीका कतिपय नेता, प्राज्ञ, बुद्धिजीवी तथा प्राध्यापकहरुले समेत जबजको सार पक्ष बिर्सिए र बोक्रापछि कुदिरहेका छन् । राम्रो काम पनि राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ, अनि जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ जस्ता सबै हिसाबले आफ्नै पार्टीभित्र मात्र होइन, विपक्षीहरुका बीच पनि बहुआयामिक प्रतिस्पर्धामा खरो उत्रिनुपर्छ भन्ने चेतनाको सर्वथा अभाव देखिन्छ । यस खालका एमाले पुँगा पण्डितहरुको विगतको पार्टी सङ्गठन र मोर्चा सङ्गठनमा काम गर्दाको अभिलेख हेर्दा छर्लङ्ग हुन्छ । यस आलेखमा आफू आफैँले पुँगा पण्डित प्राध्यापक भन्नुपर्ने खण्ड आइपरेको छ । तर यो लेख एमालेका पुँगालाई मात्रै भनिएको हो र सबैलाई भनिएको पनि होइन ।
विचार र प्रचारका बजारमा अनेक खालका लेख बारबार आइरहन्छन् । ती सबैलाई पछ्याउने यस लेखकको बानी रहेको छ । केही ख्याति कमाएका इतर लेखकका लेख पढिन्छ । कतिपयका स्वस्थ्य, विवेचनात्मक र तथ्यपूर्ण लेख पनि पढिन्छ । युवाराज गौतमका लेख बौद्धिक वैचारिक तथा राष्ट्रवादी भावनाले भरिएका देखिन्छन् । अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका बहुविषयज्ञ सौरभका लेखमा निवर्तमान ओली सरकारका राष्ट्रिय हक, हित र स्वाभिमानी सरकारी कामको सकारात्मक मूल्याङ्कन गरिरहेको पढिन्छ । त्यस्तै कुष्णमुरारि भण्डारीका लेखहरुले पनि सौरभसँग मिल्ने सारयुक्त लेख पढ्न पाइन्छ । एमाले वृत्तका कमल कोइराला, प्रदीप ज्ञवाली, प्रदीप नेपाल, भरतमोहन अधिकारी, सूर्य थापा लगायतका लेख सन्तुलित, स्वस्थ्य, तार्किक तथा बौद्धिक लाग्छन् । तर सँगैमा घनश्याम भुसाल, कृष्ण पोखरेललगायतका केही लेख पढ्दा द्वन्द्ववाद सम्झेर हाँसो उठ्छ । यस खालका कतिपय ताइ न तुइका लेख पढ्दा यस लेखको शीर्षक यसरी जुर्ने अवसर मिलेको हो ।
लेखककै कुरा गर्ने हो भने घरमा बाबु प्रधानमन्त्री हुँदा पनि कुनै र कति पनि आस, आड र भरोस नगरी त्याग र समर्पणको राजनीति गर्ने कमल कोइराला अर्थमन्त्री नभए पनि महान् हुन् । उनी सुख, सुविधा सम्पन्न अवस्थामा अझ घरपरिवारमा सुख सम्पन्नता ओइरिँदा पनि अविराम र अविचल देश र जनताको हितका खातिर बौद्धिक कर्मका साथ अहिले पनि लागि रहेका छन् । ती कोइराला धन्य छन् र महान् हुन् । उनी उहिल्यैदेखि अहिले पनि नेपाल र नेपालीको हितका खातिर एन्टिकरेन्ट हिँडिरहेका छन् । यिनीसित यस क्षेत्रका लोभीपापीसित कुनै तुलना नै हुन सक्तैन । एमाले ट्याग झुण्ड्याएर व्यक्तिगत स्वार्थपूर्तिमा हत्ते हाल्ने पुँगा पण्डित प्राध्यापक र नेताभन्दा कमल कोइरालाको उचाइ कहाँ हो कहाँ उँचो रहेको छ ।
जब बुद्धिजीवी, प्राज्ञ र प्राध्यापक, शिक्षकलगायत विभिन्नक बौद्धिक पेसा व्यवसायमा आबद्ध व्यक्ति वा सङ्गठन आश, त्रास र बतासका भरमा फनफनी नघुमी विवेकको तराजु लिएर निस्पक्ष मूल्याङ्कन गर्दैन भने देश कहिल्यै उँभो लाग्दैन । प्रायः यस फाँटका व्यक्ति र संस्थालाई अवसर छोपुवा भनेर आरोप लगाइन्छ र यस खालको प्रवृत्ति मौलाएको नै देखिन्छ तर वय, ज्ञान र अनुभवले ऋषिमनको स्तरमा पुगेका ज्येष्ठश्रेष्ठ भनिने पण्डित र प्राध्यापक पनि नितान्त निजी स्वार्थमा चुर्लुम्म डुब्छन् भने ती कुनै पनि पार्टीमा आबद्ध हुन् नहुन् तिनलाई पुँगा पण्डित—प्राध्यापक भन्दा हुन्छ । यस्ताहरु बाख्राको घाँटीमा झुण्डिएका लुर्का बराबर हुन् ।
चालीसौँ वर्ष राजनीतिशास्त्र अध्यापन गरेका पार्टी प्रस्तावमा पटकपटक उच्च ओहदाको राजनीतिक नियुक्ति पाएका पूर्वतिर विशेष चर्चित आदरणीय प्रा. कृष्ण पोखरेलका कान्तिपुर दैनिकमा प्रकाशित दुई लेखहरु पढेपछि प्रतिवाद खप्टिनै अवस्था आयो । २०७३ साउन ४ मंगलबारका दिन पोखरेलको गणितको खेल र भावी राजनीति लेख प्रकािशत छ । यसमा लेखकले ओली मर्दन केन्द्रित विचार प्रवाह गरेका छन् । परोक्ष वा प्रत्यक्ष रुपमा पोखरेलले गठबन्धन टुटाउन ओली घमण्ड र दम्भ प्रभावी रहेको बताएका छन् । तर आवश्यक र सकारात्मक रिस र दम्भ पनि परिस्थिति अनुसार सुन्दर हुन्छ, कुरुप मात्र हुँदैन । बैरीले राष्ट्रिय स्वाभिमान माथि आँच पुर्याउँदा एउटा सामान्य नागरिकले अभिमान र आक्रोशको अग्नि देखाउँछ भने त्यो त्यति बेला साह्रै सुन्दर हुन्छ, कुरुप हुँदैन । हीनता बोधले ग्रस्त अभिभावकले यतिका ठूलो अग्लिएको परिवारको औकात राख्नै सक्तैन ।
बेतको लौरी र पीपलको पात जस्तो निरीह अवस्था इमान, जमान र कमाण्ड भएको व्यक्तिलाई कदापि सुहाउँदैन । एमाले पार्टीको आफ्नु हैसियत र औकात अनुसार विगतको नेतृत्वमा सामान्य अहं, स्वस्तित्व र अडान नहुँदा पार्टी लिङ्गविहीन हुन पुगेको पोखरेललाई याद होला । लेखकले ओली नेतृत्वले प्रचण्डलाई कहिले वाहवाही र कहिले छिःछिः गरेको प्रसङ्ग उठाएका छन् । तर राम्रो काम गर्दा स्याबास दिइन्छ र राम्रो काम नगर्दा निरुत्साहित गरिन्छ भन्ने अति सामान्य नलेज पोखरेलमा देखिएन । ओलीलाई फतुर आरोपमा केन्द्रित यस लेखमा पोखरेलले संसदीय डिकोरम कमल थापासित सिक्न तत्कालीन प्रम ओलीलाई सुझाएका छन् । सरकार टुट्न संसदको अङ्कगणित अति सामान्य पक्ष हो तर भित्ताभन्दा बाहिर पनि संसार छ भनेर देख्नेहरुले ओली सरकारले गरेका राष्ट्रिय अडान र अठोट पक्षधर चीनसित पारवहनलगायत सन्धिसम्झौताका कारण भारत पहिलेदेखि नै रुष्ट रहेको जगजाहेर छ र यही कारण विगत समयदेखि गठबन्धन टुटाउन लागि परेको देख्नेले देखेका हुन् । तर लेखक पोखरेलले कुन स्वार्थले देखेनन् खोजीको विषय रहेको छ । यसमा पनि आफ्नै घरमा छिद्रान्वेषी, आफ्नो आङ कन्याएर छारो उडाउने गति, मति र प्रवृत्तिका पुँगा पण्डित नेता, जेता, क्रेता र बिक्रेता भएपछि सत्रुुलाई साधना गर्न सजिलो त हुने नै भयो ।
गठबन्धन टुट्ने एउटा मूल आन्तरिक पक्ष चाहिँ यही हो नि । प्रधान मन्त्री हुँदा प्रचण्डले प्रधान सेनापति प्रकरणमा हतास मनस्थितिका कारण सरकारबाट बहिर्गमनलाई संसदीय खेलको नियम बुझेर राजीनामा दिएकामा गर्व गर्ने पोखरेलले ओलीले तमाम स्वदेश र विदेशले प्रत्यक्ष महसुस गर्नेगरी सरकार विघटन गर्ने कारणका बारेमा सुस्पष्ट पारेको गुह्य र अन्तर्य बुझ्नै सकेनन् । किताबीे औपचारिक विद्यालयभन्दा जनताको विश्वविद्यालयमा पढेका कतिपय व्यक्तिहरुको स्तर निक्कै माथि हुँदोरहेछ । पढेका आधारमा मात्र जान्नेलाई यस्ता कुरा हजम नहुनु एकदम स्वाभाविक हुन्छ । ओलीलाई गुटगत सङ्कीर्ण सोचका भनी फतुर आरोपित गर्ने पोखरेलले पार्टी केन्द्रीय समितिमा आफ्नो बहुमत हुँदा पनि सन्तुलित तथा सर्वसम्मत रुपमा पार्टी केन्द्रका तहगत समिति निर्माण गरेको सम्झना होला कि ? कार्लमाक्र्स, लेनिन, मदन र जबज नितान्त निजी लोभीपापी गुट होइन नि पोखरेलजी ।
विगत कालमा प्रकाश साप्ताहिकको नियमित आफ्ना लेखमा सी.पी. मैनालीलाई देवत्व करण गर्ने तर जननेता मदन भण्डारीलाई दानवत्वकरण गरेर आम कार्यकर्ता र जनतामा भ्रम छर्न नखोजे हुन्छ, यस्तो दुस्साहस अब नगर्दा हुन्छ । बाबु नै भए पनि बाबुका गलत, कुतर्क र कुरीतलाई आफ्नै छोराले पनि मान्नेवाला छैन । सत्रु पङ्क्तिकाले जस्तो मौकामा चार चोक्टा पार्न उद्यत कथित लेखक यस्तैयस्तै ताक हेरेर लेखिरहेको आशंका हुन थालेको छ । पोखरेलको अर्को लेख २०७३ साल साउन २४ गते कान्तिपुरमा प्रकाशित गरेर फेरि ओली केन्द्रित निजी कुट कलुषित भँडास प्रस्तुत गरेको पाइयो । प्रचण्ड सरकारका सहजता र असहजता नामको लेखमा वर्तमान प्रधानमन्त्री कामरेड प्रचण्डको साइँदुवाझैँ भएर पोखरेलले उनका सबै नकारलाई सकार देखेका छन् । लेखक पोखरेलले प्रम ओलीले प्रचण्डलाई उपयोग मात्र गरेको, प्रचण्डले छापामार शैलीमा नभएर सहज रुपमा अविश्वास प्रस्ताव प्रस्तुत गरेको, ओलीले गठबन्धन जोगाउन पटक्कै पहल नगरेको, भूकम्पपीडित उपर ओली सरकारले सामान्य मानवीय संवेदना पनि नदेखाएको आदि अनेक आरोप लगाएका छन् ।
पोखरेलले त ओलीले स्थायी समितिलाई छलेर संसदीय दलको बैठकबाट आफू अनुकूल फैसला गराएकोे, आफ्नै पार्टीभित्रबाट अर्को अमुक नेतालाई सरकारको नेतृत्व गर्न ओली स्वयं बाधा बनेको आदि आरोप लगाएर पनि लेखपत्र नभएर आरोप पत्र हुने डरले होला लेखकले ओली सरकारका राम्रा कुरा कोढ्याइँपूर्वक लेखमा उल्लेख गरेको अनुभूत हुन्छ । पोखरेलले यी दुवै लेखमा सकार नकार दुवै पक्षलाई माक्र्सेली पारामा प्रस्तुत नगरी सङ्कीर्ण गुटगत अयथार्थ, अतथ्य, असङ्गत तथा अवस्तुवादी दृष्टिकोण सारेका छन् । भँडार खनेर आँगन पुर्ने खालको लेखले दुनियाँ हँसाउँछ । विभीषण मानसिकताले कुनै पनि घर बच्तैन ।
आफ्नासित बटारिने परायासित लठारिने मानसिकताले खाल्टो मात्र फराकिलो हुन्छ । आफूलाई प्राज्ञ र प्राध्यापक भनिनेहरुको यस खालका लेखबाट आफ्नो भएको साख मात्र होइन सिङ्गै सखुवाको साख ढाल्छन् । सत्रु र मित्रसम्म पनि छुट्याउन नसकेपछि समस्या क्रनिक बन्छ । यो लेखक पनि लेखिरहन्छ । सिद्धान्तमा अनवरत अविचल रहेर नेतृत्वका कमजोरीलाई सकेसम्म सुधारात्मक, सुझाव, सल्लाह, सचेतत, खबरदारी गर्छ तर बारबार यस खालका खबरदारी गर्दा पनि पार लागेन भने राष्ट्रिय हितका खातिर तीखो आलोचना पनि यसले गर्ने गरेको छ । तर आफ्ना नितान्त व्यक्तिगत तुष्टिका लागि फतुर आरोपमा यो लेखक मख्ख पर्दैन । कुरा बाझ्नु मान्छे नबाझ्नु भनेझैँ आलोचना गरे पनि ज्ञान वृद्ध, वयोवृद्ध र अग्रजप्रति सम्मान कायम नै राख्न यो लेखक चाहन्छ । तर सम्मानित हुनेले तदनुसार आफूलाई सच्याउन तयार हुनुपर्छ ।

Post a Comment