Websoft University

www.radiomakalu.com || 021-522512


मधेश आन्दोलनको उद्गमस्थल भारदहमा पनि देखियो राजेन्द्र र उपेन्द्रको द्वन्द्व



राजविराज,भदौ ५ गते । मधेश आन्दोलनको उदगमस्थलको रुपमा रहेको सप्तरीको भारदह अझै पनि चर्चामा छ ।

भारतदहबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन शुरुवात भएको अवसरमा एकवर्षपछि त्यहाँ श्रद्धान्जली सभाको आयोजना गरियो । तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरे ।

यसको कारणले उपेन्द्र यादव र राजेन्द्र महतोको द्धन्द्ध मधेशमा आएर थप छताछुल्ल भएको छ । मधेश आन्दोलनको शुरुवातदेखि नै यी दुई नेताको आन्तरिक द्धन्दका कारण आन्दोलन शिथिल भएको आरोप लागि रहेको थियो ।

मधेशमा गत वर्षको भदौं १ देखि आन्दोलन शुरु भएको थियो । आन्दोलन शुरु भएकै दिन राजिव राउतको मृत्यु भएको थियो ।
राजिव राउतको श्रद्धान्जलीको लागि मधेशी मोर्चाले भदौ १ गते भारदहमा कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा यादवबाहेक मोर्चामा आवद्ध अन्य सबै पार्टीको उपस्थिति थियो । सो कार्यक्रमको प्रमुख अतिथि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थिए ।

मधेशी मोर्चाले आयोजना गरेको कार्यक्रमचार दिनपछि आज फोरम नेपालले भारदहमा त्यस्तै कार्यक्रमको आयोजना गरेको छ । जसको प्रमुख अतिथि उपेन्द्र यादव रहेका छन् ।

मोर्चाका एक घटक सद्भानवना पार्टीका अध्यक्ष सुनिल झाले केन्द्रको निर्णयको आधारमा विगतदेखि कार्यक्रमहरु गर्दै आएको र मोर्चाकै निर्णयका आधारमा आज श्रद्धान्जली कार्यक्रम गरेको बताए ।
तर मोर्चाले आयोजना गरेको यसअघिको श्रद्धान्जली कार्यक्रममा फोरम नेपाल किन सहभागि भएन त्यसको बारेमा भने आफूहरुलाई केही थाह नभएको उनले प्रतिकृया दिए ।

फोरम नेपाल सप्तरीले भदौं एक गतेदेखि भदौं सात गतेसम्मको छुट्टै कार्यक्रमको घोषणा गरेको बताइएको छ ।
फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले मधेशी मोर्चाले छुट्टै कार्यक्रम गरेको भएपनि त्यो कार्यक्रममा आफ्नो पार्टी सहभागि नभएको बताए ।
नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिह बन्सालीले यसरी छुट्टा छुट्टै कार्यक्रम गर्नु मधेशका हितमा राम्रो नभएको प्रतिकृया दिए । दल र नेताबीचको द्धन्द भित्र भित्र मिलाउनुपर्नेमा यसरी जनताको बीचमा फाटो देखाउँदा जनता निराश हुने उनले बताए ।

मधेस आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाईमा भएको थियो तर अहिले आन्दोलन प्रारम्भ भएको एकवर्षको उपलक्ष्यमा मधेशी मोर्चाका नेताहरुले छुट्टा छुट्टै आमसभाहरु गरिरहेका हुन् । यसलाई धेरैले मोर्चाभित्रको विवादको रुपमा लिएका छन् ।-एसके यादव, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget