Websoft University

www.radiomakalu.com || 021-522512


‘राष्ट्रिय एकता सुदृढीकरण प्राथमिक कार्यभार’

Prachanda_2

काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक राष्ट्रिय एकताको सुदृढीकरणसँगै नेपालको संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ ।
सिंहदरबारमा हिजो साँझ प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेसी, थारूलगायत समुदायको मागलाई संविधानमा समावेश गरी संविधान कार्यान्वयनको सुनिश्चितता अहिलेको आवश्यकता हो भन्नुभयो ।

प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा भएको सुस्त गतिलाई तीव्रता दिइने, आर्थिक विकासका लागि तात्कालिक र दीर्घकालीन विकासका आयोजना अघि बढाइने र मुलुकमा रोजगारी वृद्धि गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो–“जनता र राष्ट्रको पक्षमा काम गर्न आवश्यक छ, विकास र प्रगतिका लागि सबै दलबीच सहकार्य र एकता नभए अफ्ठ्यारो स्थिति आउन सक्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget