Websoft University

www.radiomakalu.com || 021-522512


ओबामाकी छोरी बनिन् ‘वेटर’, रेष्टुरेन्टमा खाना ‘सर्भ’ गर्दैछिन् आगन्तुकलाई

sasha

अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी साशा ओबामा ह्वाइट हाउसको विलाशीपूर्ण जीवन छोडेर आजकाल एउटा रेष्टुरेन्टमा काम गरिरहेकी छिन् । साशालाई हिजोआज म्यासाच्युसेट्सको रेष्टुरेन्टमा सर्भिस गरिरहेको देख्न सकिन्छ ।

साशा जब ह्वाईट हाउसमा हुन्छिन् तब उनको रेखेदको लागि सपोर्ट स्टाफको पूरा फौज तयार रहन्छन् । यता साशा भने यो गर्मीमा मानिसहरुको सेवा कसरी गर्न सकिन्छ भनेर सिकिरहेकी छिन् । ‘सी फुड’ सर्भ गर्ने मार्थज भाइनयार्ड नामक एक रेष्टुरेन्टमा उनी ‘समर जब’ गरिरहेकी छिन् ।

रेष्टुरेन्टमा काम गरिरहेकी साशाको तस्बिर सार्वजनिक भएको छ । उनी रेष्टुरेन्टले तय गरेको निलो टिसर्ट, ह्याट र पाइन्टमा देखिएकी छिन् । बोस्टन हेराल्डको रिपोर्ट अनुसार साशा आफ्नो पुरा नाम नताशाको नामले रेष्टुरेन्टमा काम गरिरहेकी छिन् । उनको सुरक्षाका लागि सिक्रेट सर्भिसका ६ जना एजेन्ट तैनाथ गरिएका छन् । उनीहरु निकै गोप्य तरिकाले रेष्टुरेन्टको आसपास क्षेत्रमा साशाको सिफ्ट भएका बेला उनलाई सुरक्षार्थ खटिन्छन् ।

उक्त रेष्टुरेन्टमा काम गर्ने एक व्यक्तिले भने, ‘आखिर किन ६ जना व्यक्तिले रेष्टुरेन्टमा काम गर्ने एक किशोरीलाई यति सुरक्षा दिने र सहयोग गरिरहेको छ भनेर हामी अचम्मित भएका थियौं । तर हामीलाई पछि उनी को हुन् भन्ने थाहा भयो ।’

यो रेष्टुरेन्ट ओबामा परिवारको निकै मनपरेको रेष्टुरेन्ट बताइएको छ । रेष्टुरेन्टका मालिक र ओबामा परिवारबिच मित्रता रहेको पनि जानकारीमा उल्लेख छ । १५ वर्षीया साशा यो रेष्टुरेन्टमा ४ घण्टाको सिफ्टमा काम गर्छिन् ।

ह्वाइट हाउसले साशाले काम गरेको बारे केही टिका टिप्पणी गरेको छैन तर मिशेल ओबामाले लगातार आफ्नो सन्तानलाई सामान्य तरिकाले हुर्काउन चाहेको बताउँदै आएकी छिन् ।

टेक अवे काउन्टरमा काम गर्नुका साथै साशाको काम टेबलमा ग्राहकलाई खाना पुर्याउनु पनि हो । यसका साथै उनले लञ्चको समयमा रेष्टुरेन्टलाई सफा गर्न सहयोग गर्नु पनि हो ।

साशाभन्दा पहिले उनकी दिदी मालियाले पनि फिल्मको सेटमा दुईपटक इन्टर्नसिप गरेकी छिन् ।- एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget