Websoft University

www.radiomakalu.com || 021-522512


शनिबारको हार बिर्साउने नेपालको प्रयास

 
 
काठमाडौं , साउन ३० गते । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएल) अन्तर्गत नेदरल्यान्ड्ससँगको दोस्रो खेल सोमबार खेल्दैछ । नेपालका लागि महत्वपूर्ण रहेको चौथो चरणको खेल अन्तर्गत सोमबार नेपाल घरेलु टोलीविरुद्ध मैदानमा उत्रन लागेको हो ।
आम्सटर्डमस्थित भिआरए मैदानमा नेपालले नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि नेदरल्यान्ड्सको सामना गर्दैछ । शनिबार भएको पहिलो खेल ७ विकेटले गुमाएको नेपालले सोमबार घरेलु टोलीविरुद्ध शनिबारको हार बिर्साउने प्रयासमा मैदान उत्रनेछन् । पहिलो खेलमा खराब ब्याटिङको शिकार बनेको नेपाल सोमबार घरेलु टोलीविरुद्ध ब्याटिङ् कमजोरी सुधार गर्दै जित निकाल्ने योजनामा हुनेछन् ।
पहिलो खेलमा नेपाल ९४ रनमा अलआउट भएको थियो  । जुन लिष्ट ए क्रिकेटकै अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो । नेपालको लागि अनिल मण्डलले ३९ बलमा सर्वाधिक २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले २० रनको आँकडा छुन सकेनन् ।
नेपाललाई विश्वकप छनोट र एकदिवसीय क्रिकेटको सम्भावना कायम राख्न नेदरल्यान्ड्ससँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । किनकि नेदरल्यान्ड्ससँगको दोस्रो खेलबाट च्याम्पियनसिपमा नेपालको  शीर्ष चारमा पर्ने वा नपर्ने लगभग तय गर्नेछ । विश्वकप छनोटको सम्भावना कायम राख्न र एकदिवसीय क्रिकेटको सम्भावना जीवित राख्न नेपाललाई च्याम्पियनसिपको शीर्ष चारमा पर्नुपर्ने हुन्छ । त्यसैले सोमबार नेपाल जित्ने लक्ष्यसहित मैदानमा ओर्लँदैछ । तर, शनिबार भएको पहिलो खेलको हारले नेपालको त्यो सम्भावना कठिन बनेको छ  । 
नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पनि नेपाललाई जित निकाल्न भने कठिन देखिएको छ । किनकि नेदरल्यान्ड्स आफ्नो घरेलु मैदानमा खेल्दैछ । र, नेदरल्यान्ड्सलाई आफू अनुकुल पिच र मौसमको साथ छ । त्यसमाथि शीर्ष स्थानको नेदरल्यान्ड्स लिगमा अपराजित रहेको छ र ७ खेलबाट १२ अंक जोडेको छ । 
यता, ७ खेल खेलेको नेपाल ४ अंकसहित छैटांै स्थानमा रहेको छ । च्याम्पियनसिपमा नेपालभन्दा अघि रहेको हङकङले ९, पपुवा न्युगिनी ८, स्कटल्याण्ड ७ र केन्याले ६ अंक जोडेको छ । त्यसैले नेपालले दोस्रो खेल पनि गुमाए विश्वकप छनोट र एकदिवसीय क्रिकेटको मान्यता पाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । त्यसैगरी नेपाललाई अन्य राष्ट्रको खेलले समेत फरक पार्नेछ । जुन नेपालको लागि निकै कठिन हुनेछ । नेदरल्यान्ड्सपछि अब नेपालले बलियो टोलीहरु हङकङ, केन्या र युएईसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । आईसीसीले नेपालले यी टोलीसँगको खेलको मिति र स्थान भने तय गरिसकेको छैन ।
यदि नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्न असफल भए नेपालले आइसीसीले आयोजना गर्ने डिभिजन २ खेल्नुपर्ने हुन्छ । र, नेपाललाई पुनः च्याम्पियनसिपमा फर्कन डिभिजन टु को शीर्ष दुई स्थानमा रहनुपर्ने हुन्छ । त्यस्तै नेपालले इंगल्याडमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्ने मौका र एकदिवसीय क्रिकेट खेल्ने अवसर गुमाउनेछ । 
यस च्याम्पियनसिप खेलिरहेका ८ देशमध्ये शीर्ष ४ देशले सन् २०१९ मा इंगल्याडमा हुने विश्वकप क्रिकेटको छनोट चरणमा सहभागिता जनाउन पाउनेछन् । छनोट खेल सन् २०१८ मा बंगलादेशमा हुँदैछ । यस्तै च्याम्पियनसिपको शीर्ष चारमा रहने टोलीले एकदिवसीय क्रिकेट खेल्ने अवसर पाउनेछ ।  आईसीसीको तालिका अनुसार सन् २०१५ देखि दुई वर्षको अवधिमा च्याम्पियनसिप खेलिरहेको ८ देशले समान १४ – १४ वटा खेल खेल्नेछ । - १२ खरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget