Websoft University

www.radiomakalu.com || 021-522512


भारतमा रेलभित्रको सबैभन्दा ठूलो चोरीः गुडिरहेको रेलबाट ९ करोड गायब

साउन २७ तमिल नाडु – भारतको तमिल नाडुमा अनौठो चोरी भएको छ । चोरहरुले गुडिरहेको रेलबाट ९.२ करोड बराबरको पूरानो नोट चोरी गरेका छन् । रेलभित्र राखिएका २ सय बाकस पूरानो र बिग्रिएको बैंकका नोटलाई रेलको छानोमा प्वाल पारेर चोरिएको बताइएको छ ।
चोरहरु रेलभित्रै लुकेका थिए वा उनीहरु रेल गुडिरहेकै बेला त्यहाँ पसेका थिए भन्ने बारे पुलिसहरु अझै निश्चित हुन सकेका छैनन् ।सालेम टाउनदेखि चेन्नईसम्मको यात्रामा रहेको रेलबाट सोमबार रातीदेखि मंगलबार बिहानसम्मको समयमा भएको चोरीमा ६ देखि ७ जनाका लूटेरा हुनसक्ने अनुमान पुलिसले गरेको छ ।
सुरक्षाको घेरामा रहेका ती रकम भारतको सेन्ट्रल बैंक, रिजर्भ बैंक अफ इन्डियाको स्वामित्वका हुन् । यसलाई चेन्नईमा नष्ट गर्न लगिएको थियो । चेन्नई पुगेपछि जब उनीहरुले आधिकारीक छाप फुटाए तब पैसाको बाकसलाई फुटाइएको र रेलको छानो काटिएको पाए ।‘रेलमा कुनै किसिमको आवाज आएको थियो थिएन भन्ने बारे हामीले रेलको सुरक्षागार्ड र पुलिस अधिकारीसँग कुराकानी गरिरहेका छौं, ’ प्रहरी अधिक्षक पी. विनयकुमारले एफपीलाई बताए ।
रेल चेन्नईमा राखिएको र यस विषयमा अनुसन्धान जारी रहेको बीबीसीले बताएको छ ।-बीबीसी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget