Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ नायिकासँग अनमोलले गर्ने भए रोमान्स



काठमाडौं, साउन १७ गते । नायक अनमोल केसीले आफ्नो पाचौं प्रोजेक्टमा नयाँ नायिकासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । उनले काम गर्न लागेको नयाँ चलचित्र ‘कृ’का लागि नायिका फाइनल गरिएको छ । अघिल्ला ४ चलचित्रमा पनि उनले नयाँ नायिकासँग नै काम गरेका थिए ।

१० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ ।
चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता हुन् ।
चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यो चलचित्रका लागि अहिले नायक अनमोल केसी विभिन्न तालिम लिइरहेका छन् । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।
चलचित्र ‘कृ’को मेकिङ, कथावस्तुमा विशेष ध्यान दिएर काम भैरहेको निर्देशक पौडेलले जानकारी दिए ।
को हुन् अदिती ?


चर्चित ब्यानरका साथमा नायक अनमोल केसीसँग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।
भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गर्न लागेको अदितीको भनाई छ । ‘कृ’को अडिसन दिएर उनी मुम्बइ पुगेकी छिन् ।
सामाजिक संजालमा समेत राम्रो फ्यान कमाएकी यी सुन्दरीले विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् । हाल, उनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन् । झापा, दमककी अदिती हाल सिनामंगल बस्छिन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget