Websoft University

www.radiomakalu.com || 021-522512


त्रिशुलीमा बस खस्यो, २१ को मृत्यु


muglin bus accident2
चितवन,भदौ १० गते । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा २१ यात्रुको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले अनलाइनखबरलाई जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ ।

बस विहान ५ बजेतिर दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर नदीमा डुबेको छ । बसको अधिकांश भाग नदीमा डुबेको र विस्तृत विवरण प्राप्त नभएको मुग्लीन प्रहरीले जनाएको छ ।

दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् ।-राजेन्द्र आचार्य,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget