Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेसभित्र विवाद, मन्त्रिपरिषद्ले पूर्णता पाएन

nc

काठमाडौँ, भदौ ९ गते । मन्त्री छनोटको विषयमा नेपाली काँग्रेसभित्र विवाद भएपछि बुधबार पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । मन्त्री छनोटको विषयमा बुधबार रातिसम्म पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भए पनि सहमति भने हुन सकेन ।
पौडेल पक्षले मन्त्रिपरिषद्मा आफ्नो तर्फबाट कम्तीमा पनि छ जनाले अवसर पाउनुपर्ने दाबी र सभापति देउवाले चार जना सिफारिस गर्न गरेको आग्रहमा सहमति हुन नसकेपछि बुधबार पनि मन्त्रिपरिषद्ले पूर्णता पाएन ।
विवादबीच बिहीबार सभापति देउवा पक्षबाट केही मन्त्रीले नियुक्ति लिई शपथ ग्रहण गर्ने तयारी छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि काँग्रेसको आन्तरिक समस्याले मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
मन्त्री छनोटका लागि काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा लामो छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले सम्मानजनक प्रतिनिधित्वको कुरा गर्दै मन्त्रीहरूको नामावली पठाउँदा आफ्नो पक्षले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्नुभएको थियो ।
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा भन्नुभयो, “रामचन्द्र पौडेललगायतका नेताबाट सङ्ख्याको माग अलि ठूलो आएपछि समस्या आएको छ । नेताहरूबीच छलफल जारी छ, छलफल टुङ्ग्याएर बिहीबार मन्त्रीहरूको नियुक्ति गर्ने र शपथ पनि गराउने तयारी भइरहेको छ । ” á
डा. महतले नेताहरूबीच सहमति बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा छलफल हुनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको निजी निवास बोहोराटारमा केही नेताको छलफल भएको थियो । छलफलमा सभापति देउवाले एकपक्षीय ढङ्गले पार्टी सञ्चालन गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
बैठकमा सहभागी नेता डा. नारायण खड्काले भन्नुभयो, “मूलतः सहभागिता सम्माजनक हुनुप¥यो भन्ने नै हो । ” उहाँले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गहन छलफल हुनुपर्नेसमेत बताउनुभयो ।
पौडेल निवास बोहोराटारमा भएको बैठकपछि वरिष्ठ नेता पौडेल सभापति निवास बूढानीलकण्ठ जानुभएको थियो । बूढानीलकण्ठमा सभापति देउवासँगको छलफलमा पनि पौडेलले सम्मानजनक प्रतिनिधित्वको माग गर्नुभएको थियो ।
त्यसपछि पौडेलसहितका नेताको छलफल काँग्रेसनेता डा. रामशरण महतको निवास महाराजगन्जमा बसेको थियो । त्यहाँ प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजालसहितका नेताहरूको छलफल भएको थियो ।
काँग्रेसले यसअघि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा क्रमशः नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई पठाइसकेको छ । नेता लेखकका अनुसार काँग्रेसले अझै ११ मन्त्रालय पाउनेछ ।
काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको थियो । माओवादी केन्द्रले भने आफूले पाउने सबै आठ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget