Websoft University

www.radiomakalu.com || 021-522512


राजदूतहरूको एग्रिमो पठाएकोबारे सरकारलाई समितिको ध्यानाकर्षण

प्रस्तावित राजदूतको सुनुवाई भोलिबाट सुरू


सुनुवाई अघिनै राजदूतहरुको नाम एग्रिमोका लागि पठाउने निर्णय गरेकोमा संसदीय सुनुवाई विशेष समितिले सरकारलाई ध्यानाकर्षण गराएको छ।
समितिले सोमबार मुख्य सचिव र परराष्ट्र सचिवलाई बोलाएर सुनुवाई अघि नै राजदूतहरुको नाम एग्रिमोका लागि पठाउने निर्णय गरेकोबारे सोधेको थियो।

छलफलमा मुख्यसचिव सोमलाल सुवेदीले परारष्ट्र मन्त्रालय र परराष्ट्र सचिवले ल्याएको प्रस्तावलाई आफूले अनुमोदन मात्रै गरेको भन्दै पन्छिए। यद्यपी उनले, मुलुकको पछिल्लो परिस्थितिलाई हेरेर एग्रिमोका लागि कुनै पनि राजदूतको सम्वन्धित देशमा नपठाएको दाबी गरे।

यस्तै पररागष्ट्र सचिव शंकर बैरागीले लामो समयदेखि अड्किएको कुटनीतिक सम्बन्धलाई अगाडि बढाउन राजदूतहरूको एग्रिमो पठाएको बताए।

समितिका अधिकांश सांसदले मुख्यसचिव र सचिवको गैरजिम्मेवारले एग्रिमो गएको भन्दै सचेत गराउनु पर्नेमा जोड दिएका थिए ।

एमाले प्रमुख सचेतक समेत रहेका भानुभक्त ढकालले पत्र पठाउन नहुने अडान लिँदै पत्रपत्रिकामा आएका मसलाका आधारमा समितिले सरकारलाई अर्तिदिने काम गर्न नहुने बताए।

सुनुवाई अघि नै एग्रिमोका लागि पठाउने निर्णय संसदीय मूल्य मान्यता विपरित भएको भन्दै छलफलपछि सरकारलाई सचेत गराउने समितिले निर्णय गरेको छ।

यसैबीच राजदूतहरूको भोलिबाट सुनुवाई सुरू हुने भएको छ।

संसदीय समितिले भोलिबाट सुनुवाई सुरु गर्ने निर्णय गरेको छ । भोलि विहान उजुरीकर्ताहरुलाई बोलाइएको छ र दिउँसोबाट प्रस्तावित २२ मध्ये ४ जना राजदूतको सुनुवाई हुनेछ।

केपी ओली नेतृत्वको सरकारले केही समय अघि २२ देशका लागि राजदूत सिफारिस गरेको थियो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget