Websoft University

www.radiomakalu.com || 021-522512


पशु बिमा तर्फ कृषकको आर्कषण बढ्दो


तनहुँ, भाद्र ११ गते । पछिल्लो समय तनहुँमा पशु बिमा तर्फ पशुपालन कृषकको आर्कषण बढ्दै गएको छ । पशुपालक कृषकले पशु बिमा गरेपछि पशुको मृत्यु भएको अवस्थमा ८० प्रतिशतसम्म रकम पाउने भएपछि कृषक यसतर्फ आर्कर्षित भएका हुन् ।

Image result for livestock


तनहुँमा रु १६ करोड ४९ लाख २० हजार मूल्य बराबरको पशु बिमा भएको जिल्ला पशुसेवा कार्यालय तनहुँका पशु चिकित्सक एवम् सूचना अधिकारी बाबुराम जमरकट्टेलले बताउनुभयो ।

जिल्लाका सहकारी र समिति मार्फत उक्त मूल्य बराबरको पशु बिमा गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला पशुसेवा कार्यालय तनहुँले दिएको जानकारी अनुसार जिल्लामा भैँसी, बाख्रा र बङ्गुरको गरी हालसम्म पाँच हजार तीनवटा पशुको बिमा भएको छ ।

उक्त पशुको बिमाका लागि कृषकले रु २० लाख ६१ हजार ५ तिरेका छन् भने रु ८२ लाख ४६ हजार प्रिमियम शुल्क समेत बुझाएका छन् । पशु चिकित्सक एवम् सूचना अधिकारी जमरकट्टेलका अनुसार जिल्लामा दुई हजार ३२० बाख्रा, एक हजार ९०० गाई, ६३० बङ्गुर र १३३ भैँसीको बिमा भएको छ ।

उहाँका अनुसार रु १३ करोड ४४ लाख मूल्य बराबरको गाईको, रु एक करोड ६२ लाख ४० हजार बराबरको बाख्राको, रु ७९ लाख ८० हजार बराबरको भँैसीको र रु ६३ लाख बराबरको बङ्गुरको बिमा गरिएको हो ।

कृषकले पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबी पत्रभरी दाबी पेस गर्नुपर्ने हुन्छ ।

कृषकले दाबी गर्दा सम्पूर्ण कागजपत्र संलग्न राखी पेस गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सदस्य संस्था मार्फत सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने व्यवस्था रहेको पशु चिकित्सक जमरकट्टेलले बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget