Websoft University

www.radiomakalu.com || 021-522512


ओलम्पिक पार्कमा क्यामरा खस्दा ७ घाइते


ओलम्पिक पार्कमा एउटा क्यामरा खसेपछि ७ जना पर्यटक घाइते भएका छन्।

पार्कमा लामो दुरीसम्मको तस्बिर खिच्नका लागि ‘स्पाइडर क्यामरा’ जडान गरिएको थियो। तर, सोमबार दिउँसो बास्केटबल रंगशालाको बाहिर यो क्यामरा ड्याम्मै खस्न पुगेको थियो। भिडियो फुटेजमा क्यामरा खस्न पुग्दा एक महिलाको नाक फुटेको र अर्कोको शरीरबाट रगत बगिरहेको देखिएको थियो। यस्तै, फुटेजमा अर्की एक महिलालाई स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट लैजादै गरेको देखिएको थियो।

रियो ओलम्पिक समितिका प्रवक्ता अनुसार ब्रोडकास्टिङ सर्भिसलाई क्यामराको तौल भारी भएको हुनाले क्ुनैबेला पनि खस्न सक्ने कुराको जानकारी पहिले नै भएको स्पष्ट पारेको छ।

‘क्यामरा खस्नुपूर्व त्यहाँबाट मान्छेलाई हटाउन पनि सुरु गरिएको हो। क्यामरा खस्नुअघि माथि भएको तारले केही समय रोक्छ कि जस्तो लागेको थियो। तर, त्यो भएन,’ प्रवक्ताले आफ्नो बचाऊमा भने, ‘सात जना घाइते भएको भन्ने कुरा आएको छ। कसैलाई गम्भीर चोट लागेको छैन।’-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget