Websoft University

www.radiomakalu.com || 021-522512


डा. केसीले भने, ‘लोकमान बिरालो हुन्, सांसद दुलोभित्र छन्’



त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले व्यवस्थापिका संसद लोकतन्त्रको सिपाही हुनुपर्नेमा तानाशाही र लोकमानतन्त्र भइरहेको बताएका छन्। सरकारसँग भएको चार बुँदे सम्झौता कार्यान्वयनका लागि शनिबार बालुवाटार गएको दबाबमुलक र्यालीलाई सम्बोधन गर्दै डा. केसीले यस्तो बताएका हुन्।

‘संसद लोकतन्त्रको सिपाही हुनुपथ्र्यो तर तानाशाही र लोकमानतन्त्र भइरहेको देख्ता अचम्म लागेर आउँछ,’ केसीले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानविरुद्ध खरो रुपमा प्रस्तुत भएका डा. केसीले लोकमानलाई बिरालोको संज्ञा दिएका छन्। उनले भने, ‘लोकमान बिरालो हुन्, धेरै सांसद दुलोमा छन्,’ डा. केसीले भने।

केसीले सांसद यदि कायर छन् भने उनीहरूलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताए। ‘ठूला दलका नेताहरूले लोकमानलाई नियुक्ति गरेकोमा प्रायश्चित गर्नुपर्छ। लोकलाई हटाउनुपर्छ। हटाएनन् भने समय आउँछन्, उनीहरू आफैं हट्नेछन्,’ केसीले भने।

अख्तियार प्रमुख कार्की भ्रष्टाचारी भएको भन्दै केसीले लोकमानले करोड भ्रष्टाचार गर्नेलाई छुँदै नछोएको किनभने लोकमान उनीहरूका निकट रहेको आरोप लगाए। लोकमानले आफ्नो र आफ्ना नजिकका मान्छेको निहित स्वार्थका लागि काम गरिरहेकाले पदबाट हटाउनुपर्ने बताए।

उनले आफूले उठाएका माग सम्बोधन नभए नवौं सत्याग्रह थाल्नुको विकल्प नहुने पनि बताए। ‘समय बित्दै जान्छ, मान्छेले बिर्सिन्छन् भन्ने सोचेका होलान्, खाएर आन्दोलन गरिरहेको छु,’ उनले भने, ‘यदि ढिलाइ भयो भने म सत्याग्रह थाल्छु।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget