Websoft University

www.radiomakalu.com || 021-522512


बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रमको निर्देशन




काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नंम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो ।

दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

गएराति बस दुर्घटनामा परेको भए पनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि उद्धार सुरु गरेको जनाइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget