Websoft University

www.radiomakalu.com || 021-522512


हप्तामा ९० मिनेट हिड्नेको आयु ३ वर्ष बढ्ने

walking

हरेक दिन कम्तिमा १५ मिनेट वा हप्तामा कम्तिमा ९० मिनेटसम्म हिँडडुल अर्थात शारीरिक गतिविधिले कुनैपनि प्रकारले हुने मृत्युको खतरा १४ प्रतिशत सम्मले घटाउँदछ ।

हप्तामा कम्तिमा ९० मिनेट हिड्नाले मानिसको आयुमा सालाखाला ३ वर्षले वृद्धि हुने शोधकर्ताहरुल बताएका छन् ।

दी लेसेन्ट जर्नलमा प्रकाशित शोध अनुसार दिनमा १५ मिनेटको हिँडडुलपछि गरिने अतिरिक्त १५ मिनेटको हिँडाइले मृत्युको खतरालाई अरु ४ प्रतिशतले कम गरिदिन्छ । त्यस्तै दिनको ३० मिनेटको हिँडाइले सबै खाले क्यान्सरको खतरा १ प्रतिशतले घटाइदिन्छ ।

हिँडाइको यो फाइदा सबै उमेर, वर्ग, लिंग तथा मुटुका रोगीहरुमा समेत देखिएको छ । डाक्टरहरुले मानिसहरुलाई हप्तामा १५० मिनेटसम्म व्यायाम गर्ने सल्लाह दिने गर्दछन् ।

हल्का व्यायाम भनेको त्यस्तो व्यायाम हो जसलाई १५ मिनेटसम्म गर्दा जिउमा पसिना आओस् र थकान महसुस भएपनि सजिलैसँग कुराकानी गर्न सकियोस् । चार माइल प्रतिघण्टाको दरले हिँड्नुलाई हल्का व्यायामको रुपमा लिन सकिन्छ ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget