Websoft University

www.radiomakalu.com || 021-522512


ओलीले कार्यकर्तालाई भने– भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहनु

ओलीले कार्यकर्तालाई भने– भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहनु


काठमाडौं साउन २९ गते । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै भिषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

नेकपा एमालेको केन्द्रीय पार्टी स्कुल विभागले शनिबार कठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कुनैपनि बेला आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । उनले आफूले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि त्यसबाट अत्तालिएर माओवादी र काँग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप लगाउँदै संविधान कार्यान्वयन गर्न नखोज्ने षड्यन्त्रका विरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने बताए ।
नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी र काँग्रेसमाथि सरकार परिवर्तन गरेर मुलुकको राजनीतिलाई कुबाटोमा धकेलेको आरोप लगाउँदै राजनीतिलाई सही बाटोमा ल्याउन दवाब सिर्जना गर्न आवश्यक रहेको बताए ।-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget