Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ सरकार बनेकै साता ९४ अंकले घट्यो नेप्से सूचक


down-share-market

काठमाडौं,साउन २२ गते । पुँजी बजारका लगनीकर्ताका लागि यो साता सुखद रहेन । साताभमा नेप्से सूचक ९४ अंकले घटेर १७६८ अंकमा झरेको छ । सामान्यतया सरकार गठन हुँदा बढ्ने गरेको नेप्से सूचक बुधबार माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेप्से घट्नेक्रम रोकिएन ।

साताभरमा नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीका एक करोड ७२ लाख २४ हजार कित्ता सेयर ७ अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँमा किनबेच भए । यो साताको कारोबार रकम गत साताको भन्दा १८.२८ प्रतिशत कम हो । गत साता १ सय ५६ कम्पनीका दुई करोड ५७ लाख छ हजार आठ सय कित्ता सेयरहरु ९ अर्ब ५४ करोड ३९ लाख ३५ हजार रुपैयाँमा किनबेच भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.१० अंकले घटेर ३८०.९५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम -४८ करोड ७२ लाख ४० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लि. अग्रस्थानमा रहेको छ ।

यसैगरी कारोबार भएको सेयर संख्या -३० लाख ९१ हजार कित्ता) को आधारमा लक्ष्मी भ्याल्यु फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या -२०६९ वटा) को आधारमा प्राइम कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।

तालिकाः २, कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनीहरुः


क्र.सं.कम्पनीको नामकारोबार रकम (रु. दस लाखमा)
नेपाल बैंक लि. ४८७.२४
२ नेपाल बंगलादेश बैंक लि ४८३.१४
३ प्राइम कमर्सियल बैंक लि४५२.४४
सिद्धार्थ बैंक लि४३६.७२
नविल बैंक संस्थापक३१२.०५

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget