Websoft University

www.radiomakalu.com || 021-522512


चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षा : प्रम

काठमाडौँ, साउन २५ गते । नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउन सक्ने जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पष्ट ग¥यो ।

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिट्टै स्वागत गर्न पाउने अपेक्षा गर्दै यसबाट द्विपक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउनाका साथै दुई ठूला देशसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले उल्लेख गर्नुभयो ।

प्रा जी झेईको नेतृत्वमा आएको सो टोलीले भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ अनुभवको आदानप्रदान तथा सहयोग गर्न, ठूला परियोजनामा सहयोग उपलब्ध गराउन, चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न र यहाँको पर्यटन पूर्वाधार विकासका लागि सघाउन चीन तत्पर रहेको पनि जानकारी दिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget