Websoft University

www.radiomakalu.com || 021-522512


बाबुरामले डेरा पाए, भाडा तिर्न कन्सल्टेन्सीको काम गर्ने



झन्डै महिना दिन लामो सक्रिय प्रयास पछि नयाँ शक्ति नेपालका प्रमुख बाबुराम भट्टराईले नयाँ डेरा पाएका छन्।

नयाँ घरमा ७ वटा कोठा छन् र सानो बगैंचा पनि छ। ‘अन्तत नयाँ डेरा पाइयो, सर,’ भट्टराईका सहयोगी विश्वदिप पाण्डेले सेतोपाटीसँग भने, ‘घर साधारण किसिमको छ। त्यहाँ भएको सानो बगैंचाको स्थानमा ५-६ वटा गाडी अट्न सक्ने अनुमान छ।’

बैतडीका पानबहादुर चन्दको स्वामित्वमा रहेको उक्त घरको भाडा प्रति महिना १ लाख १० रहेको उनले बताए।

पूर्वप्रधानमन्त्री भट्टराई बस्दै आएको ललितपुर सानेपास्थित अढाई तले घरको तुलनामा नयाँ घरको भाडा महंगो हो।



पाण्डेका अनुसार ललितपुरस्थित घरका लागि भट्टराईले प्रति महिना ५० हजार बुझाउँथे। ‘नयाँ घरको भाडा अलिक महँगो छ,’ पाण्डेले भने, ‘अहिलेका निम्ति घर भाडा पार्टीले नै तिर्ने भएको छ।’

घरभाडा तिर्नका निम्ति भट्टराईले वैकल्पिक उपाय निकाल्ने पाण्डेले बताए। ‘उहाँहरुले (भट्टराई र पत्नी हिसिला यमी) इन्जिनियरिङ अध्ययन गर्नु भएको हो। उक्त ज्ञानको उपयोग गरेर उहाँहरुले कन्सल्टेन्सीको काम गर्ने कुरा भइरहेको छ,’ पाण्डेले भने।

आफू बस्दै आएको ललिपुरस्थित घर विक्री भएपछि भट्टराईलाई नयाँ डेरा खोजि गर्ने चटारो परेको हो। आफूलाई मिल्ने किसिमको घर नभेटे पछि भट्टराईले ट्विइटर मार्फत निरासा नै व्यक्त गरेका थिए- काठमाडौंमा केही हप्तादेखि डेरा खोज्दा बेहोर्नु परेको सास्ती/अपमान देख्दा गम्दैछु विद्यार्थी/मजदूर/निम्न कर्मचारी र झन् दलितको के हालत होला?’

पाण्डेका अनुसार भट्टराईलाई घर भाडामा पाउन गाह्रो हुनुका पछाडि कम्तिमा तीन वटा कारण छन्। पहिलो, नेताहरू बस्ने घरमा भीडभाड हुने गर्छ। नेता भेट्न र बास बस्न प्रत्येक दिन दर्जनौं मानिस आउने गर्छन्, जुन कुरालाई घरबेटीले मन पराउँदैनन्।

दोस्रो कारण भट्टराईले घरभाडामा कर छली गर्न चाहँदैनन्। ‘काठमाडौंमा घर भाडाको पैसा तिर्दा कर छली गर्ने चलन छ। तर उहाँ त्यस्तो कर छली नगर्ने भएकाले पनि समस्या भयो,’ पाण्डेले भने।

तेस्रोचाहीं नक्खुस्थित पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको घरको भाडा सरकारले नतिरेपछि उत्पन्न भएको विवादले नेताहरूको इमेज राम्रो भएन। ‘उक्त विवादका कारण नेताहरूले घर भाडा सजिलै तिर्दैनन् भन्ने मानसिकता बलियो भयो,’ पाण्डेले भने।

नेताहरूसँग भाडा उठाउन गाह्रो हुने र निकाल्न नै परे सर्वसाधारणलाई जस्तो तुरन्तै निकाल्न पनि सजिलो नहुने हुनाले उनीहरुलाई घर भाडामा दिन घरवालाहरू हच्कने गर्छन्।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget