Websoft University

www.radiomakalu.com || 021-522512


सरकारमा नभए पनि एजेण्डामा सहमति गर्न उपराष्ट्रपतिको आग्रह



काठमाडौं,साउन १८ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय सहमतिको सरकार बन्न नसके पनि समृद्ध नेपालको राष्ट्रिय एजेण्डामा सहमति कायम गरेर सहकार्य गर्न दलहरुलाई अपील गरेका छन् । उनले दलहरुबीच राष्ट्रिय सहमतिको सरकारमा सहमति नभएकोमा दुःख व्यक्त गरे ।

आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिता तथा पुरस्कार वितरण समारोहलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूले दिनु भएको समयमा राष्ट्रिय सहमतिको सरकारबारे दलहहरुबीच सहमति हुन सकेन । यसमा मलाई दुःख लागेको छ ।’

बहुमतीय प्रक्रियाभित्र पनि राष्ट्रिय सहमति गर्न उनले दलहरुलाई आग्रह गरे । ‘सहमतिकै सरकार बनाउनुपर्ने आवश्यकतालाई दलहरुले बोध गर्नुपर्दछ । म अझै सहमतिको लागि दलहरुलाई अपील गर्दछु,’ उनले भने ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको भूगोल र विभिन्न समुदायको पहिचान सुरक्षित रहने गरी आधुनिक र भूकम्प प्रतिरोधी संरचनाको डिजाइन गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रव्यापी आर्किटेक्ट ईन्जिनियरिङ डिजाइन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय भएका ईन्जिनियर अन्तिम वर्षका विद्यार्थीहरुलाई उपराष्ट्रपतिले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा देशैभरका आर्किटेक्टका विद्यार्थीहरुले सहभागी जनाएको आयोजक एशियन पेन्ट्सले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget