काठमाडौं, साउन २५ गते ।मन्त्रीको अन्तिम टुंगो लगाउनको लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले पार्टीबाट बन्ने मन्त्रीको नाम टुंगो लगाउने माओवादी प्रवक्ता पम्फा भुषालको भनाई छ ।
स्रोतका अनुसार माओवादीले चयन गर्न बाँकी रहेका ५ मन्त्रीको नाम टुंगो लगाएको छ भने दिउँसोको बैठकबाट पारित गराइनेछ । माओवादीको भागमा ८ मन्त्रालय परेकोमा यसअघि तीन जनाको सपथ भइसकेको छ ।
नेताहरुका अनुसार जनार्दन शर्मालाई उर्जा, प्रभु शाहलाई कानुन डीआर पौडेललाई शिक्षा , हितराज पाण्डेलाई संघीय मामिला र राम कार्कीलाई सूचना तथा सञ्चार मन्त्रालय दिने गरि नाम टुंगो लगाइएको छ ।
यसअघि माओवादीबाट मन्त्री भएका तीन जनामा कृष्णबहादुर महारा, दलजीत श्रीपाली र गोरीशंकर चौधरी रहेका छन् ।- रातोपाटीबाट

Post a Comment