Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री पदको उम्मेदवारीको सूचना



काठमाडौँ, साउन १९ गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै हुनुहन्छ ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम ९४० बमोजिम उहाँले उक्त पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची व्यवस्थापिका–संसद्ले प्रकाशन गरेको छ ।

संसद्को आजको कार्यसूचीअनुसार उक्त उम्मेदवारीको सूचनाको प्रस्तावक सांसद शेरबहादुर देउवा र समर्थक अर्का सांसद कृष्णबहादुर महरासमेत १६ जनाले समर्थन मन्तव्य दिने कार्यक्रम छ ।

त्यसपछि उक्त उम्मेदवारीको सूचनालाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

आज बिहान ११ बजेका लागि निर्धारण भएको संसद् बैठक अहिलेसम्म प्रारम्भ भएको छैन । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget