Websoft University

www.radiomakalu.com || 021-522512


व्यवस्थापिका–संसद – शून्य समय


काठमाडौँ, भदौ १ गते । व्यवस्थापिका–संसदको आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र र जिल्लाका समसामयिक विषय र घटनाको बारेमा सदनलाई जानकारी गराउनुभएको छ ।

बैठकमा शून्य समायमा पहिलो वक्ताको रुपमा भाग लिँदै सासद शान्तिदेवी चौधरीले उदयपुरमा काली र त्रिजुगालगायतका खोलाले धेरै खेतीयोग्य जमिन कटान गरेकाले त्यसको नियन्त्रणका लागि तटबन्धको व्यवस्था गर्न माग गर्नुभयो ।

अर्का सासद शिवचन्द्र चौधरीले दैनिकजसो सडक दुर्घटना हुँदा सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेकाले तत्काल यस्त घटना रोक्ने व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सलदेव सुतियारले बाढीबाट सप्तरीका धेरै जनता पीडित भएको हँुदा उनीहरुलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराओस् भन्नुभयो ।

सांसद सरस्वती बजिमयले गाउँपालिका र नगरपालिकाको घटाउनु भनेको सङ्घीयता र विकेन्द्रीकरणको अवधारणा विपरित कार्य भएकाले भूगोल र जनसङ्ख्याबीच तालमेल गरेर मात्र सङ्ख्या निर्धारण गरियोस् भन्नुभयो ।

अर्का सांसद सीता नेपाली सुर्खेत र दाङमा असिनाबाट खोतबारीमा लगाएको अन्नबालीमा क्षति पु¥याएको हँुदा मर्कामा परेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात दुर्घटना रोक्न एकाधिकार अत्य गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
सांसद हरिलाल ज्ञावलीले काभ्रेलगायत मुलुकका विभिन्न भागमा सवारी दुर्घटनामा धेरै जनताको ज्यान गएका हँुदा दुर्घटना रोक्न कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ भन्नुभयो ।

सासद ज्ञानकुमारी छन्त्यालले बुर्तिवाङ, ढोरपाटन क्षेत्रका सडक जीर्ण रहेकाले तत्काल सुधारको आवश्यकता औल्याउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget