Websoft University

www.radiomakalu.com || 021-522512


दूध दही पिउँदा पनि बेफाइदा !



काठमाडौं,भदौ ५ गते । दुग्धजन्य पदार्थमा प्रोटिन, भिटामिन डी, क्याल्सियम तथा पोटासियम लगायतका पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ । दुग्धजन्य पदार्थ सेवन नगर्ने हो भने शरीरमा आवश्यक पोषक तत्वको कमी हुन्छ र कुपोषणको जोखिम बढ्दछ । तर, आवश्यकताभन्दा बढी दुग्धजन्य पदार्थको सेवन पनि शरीरका लागि हानिकारक हुँदो रहेछ । यसले कब्जियत, पेट फुल्ने, छालाको समस्या जस्ता कैयन् समस्या निम्त्याउँदछ ।

वास्तवमा दुग्धजन्य पदार्थहरु शरीरमा युरिक एसिडमा परिणत हुन्छन् । जसका कारण एसिडिटीको समस्या पनि बढी हुन्छ । दूध, दही, पनीर, चिज जस्ता पदार्थहरु शरीरलाई सजिलोसँग पचाउन पनि गाह्रो हुन्छ । त्यसैले दुग्धजन्य पदार्थको अत्यधिक सेवनले अपचको समस्या पनि निम्तिन्छ । दुग्धजन्य पदार्थको अत्यधिक सेवनबाट हुने हानीहरु यसप्रकार छन्ः
दुग्धजन्य पदार्थको अत्यधिक सेवनले शरीरको वजन बढ्दछ र मोटोपनाको जोखिम हुन्छ ।
दुग्धजन्य पदार्थमा ट्रिप्टोफेन नामक पदार्थ पाइन्छ । यो पदार्थले शरीरमा थकानको अनुभूति गराउँदछ । त्यसैले शरीरमा इनर्जी लेभललाई कायम राख्नका लागि दुग्धजन्य पदार्थको सेवनलाई सीमित गर्नुपर्दछ ।
दुग्धजन्य पदार्थको बढी सेवनले छालामा डण्डीफोर तथा खटीराहरु आउने समस्या देखा पर्नसक्दछ ।
दूधको एलर्जी हुनेहरुलाई दूध सेवनले वान्ता हुने, पेट फुल्ने जस्ता समस्या देखा पर्दछन् ।
दुग्धजन्य पदार्थको सेवनले दमको रोगीलाई फाइदा गर्दैन । यसले खोकीको समस्या बढाउँदछ ।
दूधमा नेचुरल सुगर तथा ल्याक्टोस पाइन्छ । यसले पाचन क्रियालाई धीमा गरिदिन्छ । जसका कारण कब्जियत तथा अपचको समस्या निम्तिन सक्दछ ।

एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget