Websoft University

www.radiomakalu.com || 021-522512


दुई उप्रप्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय

bimalendra and mahara

काठमाडौं,साउन २७ गते । सरकारले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

निधि र महरालाई कहिले पठाउने भन्नेबारे भने उल्लेख गरिएको छैन । बैठकपछि उपप्रधानमन्त्री एवम् सरकारका प्रवक्ता महराले छिट्टै भारत र चीन जाने बताए ।

यसैगरी सरकारले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ । कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget