Websoft University

www.radiomakalu.com || 021-522512


रियलले ला लिगाको सुरुवात गर्नुअघि रोनाल्डो अभ्यासमा फर्किए

Ronaldo

रियल मड्रिडले आइतबारदेखि ला लिगाको नयाँ सिजन सुरुवात गर्दैछ । तर उसका लागि त्यो भन्दा खुसीको खवर भने उसका सुपरस्टार क्रिष्टियानो रोनाल्डो अभ्यासमा फर्किएका छन् ।

युरो २०१६को फाइनलमा फ्रान्सबिरुद्ध चोटग्रस्त बनेका रोनाल्डोले रियलबाट प्रि-सिजन टुर गुमाएका थिए भने युइएफए सुपर कप पनि गुमाएका थिए । घुँडाको चोट निको भएपछि उनी बिहीबारदेखि मैदानमा फर्किएका छन् र प्रशिक्षण सुरु गरेका छन् ।

यद्यपी उनी आइतबार हुने रियल सोसिडाडबिरुद्धको खेलमा भने टोलीमा हुने छैनन् । त्यसपछिको शनिबार घरेलु मैदानमा हुने सेल्टा डि भिगोबिरुद्धको खेलदेखि उनले रियलबाट नयाँ सिजनको सुरुवात गर्नेछन् ।

युरोपियन च्याम्पियन रियल सन् २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि जित्ने अभियान सुरु गर्दैछ । तर उसले पहिलो खेलमै कठिन प्रतिद्धन्दी पाएको छ । रियल सोसिडाडको घरेलु मैदान एनोइटा रंगशालामा खेल हुँदैछ । गत सिजन यही मैदानमा भएको खेलमा ग्यारेथ बेलको हेडिङ गोलमार्फत रियलले १-० ले खेल जितेको थियो ।

रियल मड्रिडको यस समरको खेलाडी ट्रान्सफर अभियान आश्चर्यजनक रुपमा शान्त रहृयो । विश्वका उत्कृष्ट भनिएका खेलाडीलाई क्लवमा भित्र्याउने प्रयास पनि उसले नगरेको होइन । तर यस सिजन अल्भारो मोराटा युभेन्टसबाट रियल फर्कनुबाहेक अन्य उल्लेख्य सम्झौता भएन । युभेन्टसमा दुई सिजन बिताएर मोराटाले यस सिजनदेखि रियलबाट खेल्नेछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget