Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल प्रहरीमा १२५ डिएसपीको सरुवा



काठमाडौं,भदौ ३ गते । नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयले १२५ जना डिएसपीको एक साथ सरुवा गरेको हो ।


डिएसपी कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने काठमाडौंको थानकोट बृतमा डिएसपी कृष्ण पंगेनी आएका छन् ।

त्यस्तै गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला पठाइएको छ । गोविन्द पुरीलाई महाराजगञ्ज बृतको जिम्मेवारी मिलेको छ ।

चित्र गुरुङ मनाङ, दलबहादुर बोगटी बाजुरा र प्रविणलाल श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धनकुटा पुगेका छन् ।

डँडेलधुरामा लागुऔषध नियन्त्रण ब्यूरोका डिएसपी प्रेम शाही, बैतडीमा बालनरसिंह राणा र योगेन्द्र कुमार खड्का कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख भएका छन् ।

काठमाडौंको जनसेवा बृतका सन्तोष आचार्य आएका छन् भने सन्तोष तामाङ बालाजु बृतमा सरुवा भएका छन ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget