Websoft University

www.radiomakalu.com || 021-522512


एपेन्डिक्स वा टन्सिल हटाइएका महिलामा बढी उर्वरता (नयाँ खोज)

Pregnant woman visit dioctor

बीबीसी– एपेन्डिक्स वा टन्सिल हटाइएका महिला बढी उर्बर हुने गरेको एक अध्ययनले दखाएको छ । डुन्डे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले १५ लाख महिलामाझ गरेको अध्ययनका आधारमा सो निस्कर्ष निकालेका हुन् ।  शल्यक्रियापछि उर्वरतामा प्रत्यक्ष प्रभाव परेको उनीहरुले बताए । १५ वर्ष लामो सो अनुसन्धानले बाझोपनको उपचारमा अरु थप सहयोग गर्ने विश्वास अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । तर, अनवाश्यक रुपमा टन्सिल र एपिन्डिक्स नहटाउन पनि उनीहरुले आग्रह गरेका छन् ।
अध्ययन अनुसार १३४ गर्भवती महिलाको एपिन्डिक्स हटाइएको थियो भने १४९ जनाको टन्सिल फालिएको थियो । त्यस्तै १४३ गर्भवतीको दुबै अंग काटिएको थियो । यसअघि एपिन्डक्स हटाउदा उर्वरता हट्छ भनि चिकित्सकहरुलाई गलत प्रशिक्षण दिइएको अनुसन्धान टोलीका एक सदस्य डा सामी शिमीले गुनासो गरे ।
‘एपिन्डक्स र टन्सिललाई सँगसँगै हेर्दा यस अध्ययनले निसन्देह यो पुष्टि गर्छ की समस्याग्रस्त अंग हटाउँदा महिलाहरुमा गर्भधारणको सम्भावना बलियो हुन्छ,’ उनले भने ।  फर्टिलिटी एन्ड स्टेरिलिटीमा सो अध्ययन प्रकाशित छ । नियमित रुपमा संक्रमित टन्सिल वा एपिन्डिक्सले शरिरमा एक प्रकारको उत्तेजना ल्याउछ जसले ओभरी र कोखमा प्रभाव पार्ने जैविक सम्भावना देखिन्छ ।-
स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget