Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वविज्ञानमन्त्री शिवलालको गुनासोः महावीरले म जनजाति मन्त्रीलाई विश्वास गरेनन्

'एक महिनामा १५/२० करोड उठाउँछु भन्दै ५ करोड अस्वीकार गरे'shivalal-Magar


काठमाडौं,साउन २५ गते। विकास अभियन्ता महावीर पुनलाई तत्कालीन केपी ओली सरकारले आविष्कार केन्द्र खोल्नका लागि आर्थिक सहयोग दिन खोज्दा उनले नै अस्वीकार गरेको निवर्तमान विभागीय मन्त्रीले गुनासो गरेका छन् ।

ओली सरकारका विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले ५ करोडको प्रस्ताव पुनले अस्वीकार गरेको बताए । पुनको आविष्कार केन्द्रबारे अनलाइनखबरबाट बहस शुरु भएपछि सम्पर्कमा आएका निवर्तमान मन्त्री मगरले भने- ‘तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा मैले उहाँलाई साउन २ गते बोलाएर ५ करोड लिनुस् भनेँ, तर उहाँले ५० करोडभन्दा तल एक पैसा पनि लिन्न भन्नुभयो ।’

व्यक्तिले खोल्ने जलविद्युत आयोजनालाई सरकारले ५४ करोड दिन नमिल्ने कानुनी अड्चन सुनाउँदा पनि पुनले विश्वास नगरेको मगरले बताए । ‘म पनि जनजाति, तपाई पनि जनजाति, यो काम गर्न प्रधानमन्त्री पनि उत्साहित छन्, अहिले अनुदानका रुपमा ५ करोड लिनुस् भन्दा मान्नुभएन’ मगरले भने ।

महावीर पुनलाई सहयोग गर्न आफूलाई तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले पटक-पटक सम्झाएको र सोहीअनुसार पुनलाई मन्त्रालयमा बोलाएर छलफल गरेको मगरले बताए । ‘तर उहाँले मलाई पनि विश्वास गर्नुभएन’ उनले भने ।

निवर्तमान मन्त्री मगरले अगाडि भने- ‘महावीरले १५/२० करोड त म एक महिनामै उठाउँछु, सरकारको ५ करोड चाहिँदैन भन्नुभयो । ५ करोडबाट शुरु गरौं, कामको प्रगति हेरेर थप रकम दिने भनेको उहाँले मान्नुभएन ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget