Websoft University

www.radiomakalu.com || 021-522512


खुसीको खबरः फेरी देखिनेछ मेस्सीको म्याजिक, अन्तर्राष्ट्रिय फुटबलमा फिर्ता हुने


Messi

बार्सिलोना । लियोनेल मेस्सीले आफ्नो देश अर्जेन्टिनाका लागि पुनः फुटबलको मैदानमा फिर्ता हुने घोषणा गरेका छन् । गत जून महिनामा आफ्नो खेल जीवनबाट सन्यास लिएका उनको यो निर्णयले संसारभरका उनका प्रशंसकहरु खुसीले गद्गद भएका छन् ।

उनले अर्जेन्टिनाको फुटबलमा धेरै समस्या आएका कारण यसलाई बढेको हेर्न नसक्ने बताएका छन् । उनी भन्छन्, ‘अर्जेन्टिनाको फुटबलमा मैले आजकाल धेरै समस्या देखिरहेको छु । म यी समस्याहरु अझ बढेको हेर्न सक्दिनँ । मेरो लक्ष्य नोक्सान पुर्याउने नभई मदत गर्नु हो ।’

‘अर्जेन्टिनाको फुटबलमा धेरै समस्याहरुको समाधान गर्नुपर्छ । मैले यस बाहिर बसेर आलोचना गर्नुभन्दा भित्र बसेर नै चुनौतीको सामना गरी समस्याको समाधान गर्ने निर्णय गरें, ’ उनले थपे ।

‘कोपा अमेरिकाको फाइनलमा मेरो मथिङ्गलमा धेरै कुराहरु खेले । त्यतिबेला मैले वास्तवमा नै टीम छोड्ने निर्णय गरें । तर म मेरो सर्ट र मेरो देशलाई धेरै नै माया गर्छु, ’ उनले वास्तविकता खोले ।

उनले आफ्ना सबै प्रशंसकहरुलाई धन्यवाद दिएका छन् । उनी भन्छन्, ‘अर्जेन्टिनाका लागि खेलिरहोस् भन्ने चाहना राख्ने मेरा प्रिय प्रशंसकहरुलाई म धन्यवाद दिन चाहन्छु । मलाई आशा छ, हामीले उनीहरुका लागि चाँडै नै खुसीको खबर सुनाउने छौं ।’

मेस्सीले यस वर्षको जून महिनामा आयोजित कोपा अमेरिकाको फाइनलमा आफ्नो टीम चिलीसँग हारेपछि सन्यासको घोषणा गरेका थिए । उनको यो घोषणा पछि फुटबल जगतमा फिर्ता हुन उनलाई थुप्रै प्रशंसकहरुले आग्रह गरेका थिए । यहाँ सम्म कि महान् फुटबल खेलाडी पेले र डिएगो म्याराडोनाले पनि मेस्सीलाई राष्ट्रिय टीममा फिर्ता हुन आग्रह गरेका थिए ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget