Websoft University

www.radiomakalu.com || 021-522512


मोटा मान्छेको दिमाग बुढो हुने

brainobesity



अत्यधिक वजन भएका मानिसहरुको मस्तिष्क छिटो बुढो हुने एक अध्ययनले देखाएको छ । बढि वजन भएका मानिसहरुको मस्तिष्क सोही उमेरका तन्दुरुस्त मानिसको भन्दा १० वर्ष बुढो हुने शोधकर्ताहरको निष्कर्ष रहेको छ ।

मानिस बुढो हुँदै जाँदा मस्तिष्कमा रहेको सेतो पदार्थ क्षयिकरण हुँदै जान्छ । सेतो पदार्थले सूचना प्रवाह गर्ने काम गर्दछ ।

बेलायतका क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको सेतो पदार्थको क्षयिकरणलाई मानिसको मोटोपनाले ठूलो प्रभाव पार्दछ । शोधका क्रममा ५० वर्षका मोटा मानिसहरुको मस्तिष्क ६० वर्षका वृद्धको मस्तिष्क जत्तिकै क्षयिकृत भएको पाइयो ।

शोधका क्रममा शोधकर्ताहरुले २० देखि ८७ वर्ष उमेर समूहमा दुब्ला र मोटा गरी ४७३ जना मानिसलाई सहभागी गराएका थिए ।

न्युरोबायोलोजी अफ एजिंग नामक जर्नलमा छापिएको शोध अनुसार मोटा मानिसहरुको मस्तिष्कमा सेतो पदार्थको मात्रा सोही उमेरका दुब्ला मानिसको भन्दा निकै कम हुने पाइएको छ ।

ऋझ अधवैँशेहरु मोटोपनाका कारण हुने मस्तिष्कको क्षमता क्षयिकरणको सबैभन्दा ठूलो जोखिममा रहने शोधकर्ताहरुको निष्कर्ष रहेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget