Websoft University

www.radiomakalu.com || 021-522512


विदेशी खादा प्रयोगमा पर्यटन मन्त्रालयको रोक


फ्री तिब्बतको पक्षमा लेखिएको खादा प्रधानमन्त्री र मन्त्रीको गलामा
रक्षामन्त्री बालकृष्ण खाँणलाई आइतबार बिहान उनकै निवास अनामनगरमा भेट्नेहरूको ठूलो घुइँचो लाग्यो। १५ मिनेटमा अन्तरमा १ सय जना भन्दा बढीले उनलाई मन्त्री भएकोमा बधाई दिए। बधाई मात्र दिएनन् विभिन्न रंगले सजिएको खादा पनि ओढाइदिए।

उनका आफन्त र सुरक्षामा खटेका सुरक्षाकर्मीलाई मन्त्री खाँणको गलाबाट खादा निकालेर राख्न नै हम्मेहम्मे परिरहेको थियो।

'मन्त्री भएपछि बधाई दिन आउनेहरूले लगाईदिएको खादाले कोठा भरिएको छ',मन्त्री खाँणका आफन्तले भने। मन्त्री खाँणको घरमा मात्र होइन श्रम मन्त्री सूर्यमान गुरुङको घरमा पनि खादाको चाङ उस्तै छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका सबै जना मन्त्रीको हालत पनि उस्तै रहेको छ।

एक पटक प्रयोगमा आइसकेपछि त्यसलाई पुन प्रयोगमा ल्याउन पनि नमिल्ने र नष्ट गर्दा पनि वातावरण प्रदुषित हुने हुदाँ खादाको प्रयोग रोक्न पर्यटन मन्त्रालयले मातहतका ५० भन्दा बढी निकायलाई निर्देशन दिएको छ।

पर्यटन मन्त्रालयले स्वदेशमा नै बनेको खादा चलनमा ल्याउन भनेको छ। पर्यटन मन्त्रालयका उच्च अधिकारीले खाँदामा तिब्बतियन भाषामा स्वतन्त्र तिब्बतको पक्षमा लेखिएको नारा प्रधानमन्त्री र मन्त्रीहरूको गलामा परेको थाहा पाएपछि रोक लगाएको जानकारी दिए।

खादामा म स्वतन्त्र तिब्बतको पक्षमा समर्थन जनाउँछु भन्ने जस्ता कुराहरु लेखिएको हुने उनले बताए। अहिले बजारमा पाइने कतिपय खादामा पनि सो कुरा उल्लेख उनले दाबी गरे। धेरैजसोले तिब्बतियन भाषा नबुझ्ने हुदाँ त्यसमा कसैको ध्यान जान नसकेको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए।

विभिन्न चाडबाड र समा समारोहमा पछिल्लो समय नेपालमा खादाको प्रयोग बढी भएको पाइन्छ। खादा नेपाली समाजमा सम्मान जनाउँदा गलामा ओढाइदिने सेतो वस्त्र हो। यो देवदेवीको पूजाआजामा चढाउने पनि गरिन्छ। नेपालमा बढी मात्रामा जनजातिले प्रयोग गर्छन्।

नेपालमा भित्रने सबै खादा चीनबाट आयात हुने व्यवसायीले बताएका छन्। मन्त्री मण्डल गठन, चाडबाड र सभा समारोहका बेला बौद्ध र महाबौद्धका एकै पसलबाट एकै दिनमा २ हजार वटाभन्दा बढी खादा बिक्री हुने गरेको व्यवसायी बताउँछन्।

अन्य बेलामा भने खादाको खासै बिक्री नहुने महाबौद्धका व्यवसायी इन्द्रजित मानन्धरले बताए। तिब्बतियन भाषा लेखिएको खादा पछिल्लो समय नेपालमा धेरै रहेको कपडा व्यवसायी बताउँछन् ।

एक महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खादा आयात गर्दा वार्षिक करोडौं रुपैयाँ विदेश जाने हुदाँ बन्द गर्न निर्देशन दिएका थिए।

तर त्यो कार्यान्वयनमा आएन। सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि खादा विरोधी थिए।

काभ्रेमा प्रमुख जिल्ला अधिकारी रहदाँ केदार न्यौपानेले जिल्ला भरको कार्यक्रममा खादा प्रयोगमा रोक लगाएका थिए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget