Websoft University

www.radiomakalu.com || 021-522512


जनकपुर गुठीको जग्गा भारतीयको कब्जामा


जग्गा कब्जा गर्नेले दोहोरो नागरिकता लिएको खुलासाJanakpur Guthi (3)
जनकपुरधाम,साउन २३ गते । जनकपुरमा गुठी संस्थान अधीनस्त जग्गा अवैधरुपमा बिक्री भइरहेको आरोप लागिरहेका बेला गुठीको जग्गा एक भारतीय नागरिकले अवैधरुपमा कब्जा गरेको रहस्य बाहिर आएको छ । गुठी संस्थानको अधीनमा रहेको गिरनारी कुट्टीको जग्गामा एक भारतीय नागरिकले वर्षौंदेखि कब्जा जमाएर बसेको तथ्य सार्वजनिक भएको हो ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गिरनारी कुट्टीको जग्गा भारतीय नागरिक पशुपति चैतन्य ब्रह्मचारीले अवैध रुपमा कब्जा गरेको गुठी संस्थान जनकपुरले जनाएको छ । गुठीको जग्गा कब्जा गर्ने पशुपति चैतन्यसँग भारत र नेपाल दुबै देशको नागरिकता रहेको समेत खुलेको छ । पशुपति चैतन्यका छोरा चन्दन चैतन्य व्रह्मचारीले समेत जिल्ला प्रशासन कार्यालय धनषाबाट नेपाली नागरिकता लिएको दाबी गरिएको छ ।

पशुपति चैतन्यले दोहोरो नागरिकता लिएर गुठीको जग्गा अवैध रुपमा कब्जा गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ । दर्ता गराइएको उजुरीमा उनी भारत विहार राज्य मुजफ्फरपुरको स्थायी वासिन्दा रहेको उल्लेख छ ।

भारतको विहार, मुजफ्फरपुरका स्थायीवासीन्दा पशुपति चैतन्यले नेपालको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडानम्बर ६ बाट समेत नेपाली नागरिकता लिएका छन् । उक्त नेपाली नागरिकताको आधारमा उनले गिरनारी कुट्टीको जग्गा कब्जा गरेर बस्दै आएको उजुरीमा उल्लेख छ ।



पशुपति चैतन्यले दोहोरो नागरिकता लिएर गुठीको जग्गामा अवैध रुपले कब्जा गरेको उजुरीकर्ता स्थानीय राकेश विक्रम साहले बताए । विक्रम सम्वत् २०६६ कात्तिक ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट चन्दनले प्राप्त गरेको नागरिकता नम्बर १७११०२१८०३ हो । चन्दनले खरिद गरेको भारतीय नम्बरको सवारी अनुमति पत्रमा उनको भारतीय ठेगाना मुजफ्फरपुर रहेको उल्लेख छ ।

नेपाली नागरिकतासम्बन्धी ऐन विपरीत दुई देशको नागरिकता लिएर जनकपुरमा अवैध रुपमा गुठीको जग्गा कब्जा गरे पनि स्थानीय प्रशासनले कारबाहीका लागि गम्भीरता नदेखाएको स्थानीयको गुनासो छ ।

दुई वर्ष अगाडि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निर्माण गरेको संरचना भत्काएर भारतीयले गुठीको जग्गा कब्जा गरेर ठूलो महज निर्माण गरेको स्टेशन एरिया युवा कमिटीमा महासचिव समेत रहेको युवा अभियान्ता प्रशान्त झाले बताए ।

सिडिओ भन्छन्- अनुसन्धान जारी छ

स्थानीय प्रहरी प्रशासनको सहयोगमा भारतीय नागरिक पशुपति चैतन्य व्रह्मचारी अवैध रुपमा गुठीको जग्गा कब्जा गरेको स्थानीयहरुको आरोप छ ।

व्रह्मचारीको परिवारले नै दुई देशको नागरिकता लिएर गुठी अधीनको जग्गा अतिक्रमण गर्दासमेत स्थानीय प्रहरी प्रशासनले खासै चासो नराख्नु दुःखद रहेको युवा अभियन्ता राकेशविक्रम साहले बताए ।

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले दोहोरो नागरिकता लिएर गुठीको जग्गा कब्जा गर्नेमाथि अनुसन्धान भइरहेको बताएका छन् । अनुसन्धानबाट दोषी देखिए कानुनवमोजिम कारवाही गर्ने उनले बताए ।



कारवाही माग गर्दै प्रदर्शन

भारतीय नागरिक पशुपति चैतन्य व्रह्मचारीले दोहोरो नागरिकता लिई गुठीको जग्गा बेचबिखन गर्ने दाउँमा रहेको भन्दै स्थानीय युवाहरुले कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

व्रह्मचारीविरुद्ध मुद्दा दर्ता हुँदा पनि आवश्यक कारवाही नहुँदा युवाहरुले स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

व्रह्मचारीलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रने स्थानीय युवा पुजन सिंहले जानकारी दिए ।-राजकमल सिंह  अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget