Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकी निर्वाचन र विश्व अर्थतन्त्र

Junar_babu

जुनारबाबु बस्नेत 

विश्वको पहिलो अर्थतन्त्र रहन सफल अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ । विश्वकै पहिलो अर्थतन्त्र हुने चीनको महŒवकांक्षा साकार हुँदै गइरहेको परिदृश्यमा अमेरिकाको यो पटकको नोभेम्बर निर्वाचनले ठूलो अर्थ राख्ने छ । राष्ट्रपति बाराक ओबामाले दुई कार्यकाल पूरा गर्नुभएको छ । डेमोक्र्याटिक पार्टीको ओबामा कार्यकाल आरम्भ हुनुअघि रिपब्लिकन पार्टीले दुई कार्यकाल चलाएको थियो । त्यसअघि दुई कार्यकाल नै डेमोक्र्याटिक पार्टीबाट बिल क्लिन्टनलको पालो थियो र त्यसअघि रिपब्लिकन पार्टीले नै । यसरी सामान्य प्रवृत्ति हेर्दा अहिले रिपब्लिकनको पालो जस्तो देखिन्छ तर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको विजय सम्भव होला ? प्रतिद्वन्द्वी हिलारी रोदम क्लिन्टनको विजयसँगै नयाँ इतिहास रचिएला ? अझ भनौँ यो निर्वाचनको नतिजापछि विश्व अर्थतन्त्रले कस्तो मोड लेला ? र त्यसको कस्तो प्रभाव नेपालसम्म आइपुग्ला ? अहिले मुख्य चासोको विषय भएको छ ।
आन्तरिक पार्टी राजनीतिको लामो प्रक्रिया पूरा गरेर हिलारी क्लिन्टनको फिलाडेल्फिया सम्मेलनमा चार दिनअघि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवारी पक्का भयो । डोनाल्ड ट्रमको त्यसअघि नै रिपब्लिकन पार्टीबाट उम्मेदवार पक्का भइसकेको थियो । न्युयोर्कका घरजग्गा कारोबारी र अर्बपति ट्रम्पलाई एक वर्षअघि राष्ट्रपतिको उम्मेदवारभन्दा मजाकका पात्र बनाइन्थ्यो । मिडियामा चर्को प्रतिक्रिया आएका थिए । वाशिंगटन पोष्ट, न्युयोर्क टाइम्स जस्ता मिडियाको ट्रम्पले उछित्तो काढे । अमेरिकालाई नम्बर एक बनाइ राख्ने, अमेरिकी सर्वोच्चता कायम राख्ने ट्रम्पका भनाइले पार्टी जीवनका कार्यलाई छोइरह्यो । फलस्वरुप रिपब्लिकन पार्टीका कतिपय वरिष्ठले मन नपराए पनि आवश्यक मत प्राप्त गरेपछि ट्रम्पलाई रिपब्लिकन सम्मेलनले उम्मेदवार पक्का ग¥यो ।
नोभेम्बरमा हुने निर्वाचनका लागि ट्रम्पको दौडधुप चलिरहँदा हिलारीको उम्मेदवारी त पक्का भयो तर लगत्तै डेमोक्र्याटिक पार्टी र उहाँको निर्वाचनसम्बन्धी सूचना ह्याक परिघटनाले अहिले तहल्का मच्चाएको छ । ट्रम्पले भाषणकै क्रममा प्रतिस्पर्धी हिलारीका सूचना ह्याक गर्न रसियालाई आह्वान गरेका थिए । वनमा बाघ कराउनु र खोरमा पाठो हराउनु एकै पटक परेको हो वा कस्तो संयोग, साइबर विशेषज्ञहरूले त्यस ह्याकिङको प्रादुर्भाव रसियातिरै सङ्केत गरेका छन् । युकिलिक्स परिघटनाले थिलथिलो बनाएको यो परिवेशमा डेमोक्र्याटिक उम्मेदवारविरुद्ध यो कार्यले विश्व अर्थराजनीतिमै ठूलो खैलाबैला मच्चाउने पक्का छ । राष्ट्रपति ओबामले सङ्घीय जाँचब्यूरोलाई अनुसन्धानका लागि निर्देशन दिइसकेको अवस्थामा चाँडै थप सत्य बाहिर आउने अपेक्षा गरिएको छ ।
मूलतः हिलारी क्लिन्टनको उम्मेदवारी अमेरिकी इतिहासमै नौलो परिघटना हो । राजनीतिक हिसाबले र अर्थतन्त्रका हिसाबले पनि । अमेरिकामा ४४ जना राष्ट्रपति आजसम्म सबै पुरुषमात्रै भए । कोही महिला राष्ट्रपति हुनसकेको छैन । त्यतिमात्र होइन, राष्ट्रपति जित्न सक्ने कुनै पनि पार्टीले महिलालाई उम्मेदवारसम्म पनि बनाएका छैनन् । यसअघि सन् २००८ मा हिलारीले नै मौजुदा राष्ट्रपति बाराक ओबामा विरुद्ध पार्टीभित्रको निर्वाचनमा राष्ट्रपतिको चुनावी चुनौती दिए पनि त्यो सफल भएन । आन्तरिक निर्वाचनमा पराजय भएर पनि ओबामाको पहिलो कार्यकालमा विदेशमन्त्री रहेर हिलारी क्लिन्टनले ओबामाको नेतृत्वलाई सहयोग गर्नुभएको थियो ।
हिलारी क्लिन्टनको ह्वाइट हाउस प्रवेश सफल हुन सक्दा पहिलो पटक महिला राष्ट्रपति बन्ने र अमेरिकी इतिहासमा पति र पत्नी दुवै जना राष्ट्रपति हुने जस्ता दुई कीर्तिमान बन्ने सम्भावना जीवितै छ । अझ यो भनौँ, अमेरिकी पहिलो महिला सर्वशक्तिमान नेतृत्वमा पुग्ने सफलता हात लाग्नेछ । अमेरिकी जनमतको यो पटकको फैसलाले अमेरिकी सैद्धान्तिक मान्यता र जनमतमा कति फरक छ ? त्यो जाँच्ने कसी पनि हुनेछ ।
सबैभन्दा महŒवपूर्ण कुरा त अमेरिकी अर्थतन्त्र हो । सन् २००८ को महामन्दीबाट अझै पनि अमेरिकी अर्थतन्त्र राम्ररी तङ्ग्रिनसकेको छैन । पूर्ण रोजगारीलाई अर्थतन्त्रको आदर्श मान्ने अमेरिकामा बेरोजगारी कायमै छ । त्यही भएर पनि होला, हिलारी क्लिन्टनको चुनावी मुद्दाका प्राथमिकतामा आर्थिक विषय–वस्तु केन्द्रबिन्दुमा परेका छन् । रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षाजस्ता सामाजिक सुरक्षामा अझ व्यापकता अमेरिकी मध्यम वर्गका निम्ति सबैभन्दा ठूला विषय हुन् । आप्रवासीको देश अमेरिकामा आप्रवासी श्रम र मिहिनेतले अमेरिकाले विश्वमा सर्वोच्चता पाइरहेको लामो इतिहास छ । हिटलरले जर्मनीमा आततायी घटना मच्चाएर वैज्ञानिक र धनी यहुदीहरूलाई अमेरिका आप्रवास नपु¥याएको भए अमेरिकाले यो शक्ति हासिल गर्न सक्दैन थियो । सपनाका स्वर्ग भनिने अमेरिकामा बाहिरबाट आएका मानिसले प्रशस्त मिहिनेत गरी धन, ज्ञान र समृद्धि हासिल गर्न सक्छन् भन्ने बलियो मान्यता पाइन्छ । डेमोक्र्याटिक पार्टीको मुख्य चुनावी आधार मध्यम वर्ग र आप्रवासी हुन् तर यो मूल्यलाई ट्रम्पले अहिले कडा चुनौती दिनुभएको छ ।
हिलारीको प्राथमिकतामा विविधतामा एकता कायम गर्दै अमेरिकी सुरक्षा चासो र विश्व राजनीतिमा सन्तुलन ल्याउने मौजुदा अमेरिकी नीतिको निरन्तरता रहेको छ । यो विश्व अर्थतन्त्रका आधार पनि हो । ट्रम्प नीतिले त्यसमा ‘बे्रक’ लगाउने छ । ट्रम्प अमेरिकामा चीनको बजारलाई तत्कालै बन्द गर्न चाहनुहुन्छ, जुन असम्भव मात्र छैन् अकल्पनीय पनि छ । अमेरिकी वस्तु र सेवाले मात्र अहिले अमेरिकीहरूको एकछेउ पनि आवश्यकता पूरा हुँदैन । चिनियाँ वस्तु र सेवा विना अमेरिकीहरू बिहानदेखि बेलुकासम्मका धेरै काम ठप्प हुन्छन् । अमेरिका र चीन दुई मुलुकभएर अहिले चाइमेरिका जस्तो नयाँ पदावली बनेको अवस्था छ ।
अमेरिकी सरकारी बण्डमा चिनियाँ सरकारी लगानी तीन खर्ब दुई अब डलर छ भन्ने हेक्का सायद ट्रम्प जस्तो अर्बपतिलाई नहुने कुरा भएन । त्यो राशी आजको आजै बेइजिङलाई तिर्न वाशिंगटनले ठूलो मूल्य चुकाउन पर्छ । विश्व अर्थतन्त्रमै व्यापक फेरबदल हुनसक्छ । अमेरिकी सर्वोच्चता कायम गर्दै जाने ट्रम्प सपनाले धेरै अमेरिकीको चित्त बुझेको छ । आप्रवासी आएर अमेरिकाको भाग खोसेको ट्रम्प भाषणले चित्त बुझे पनि ती अमेरिकी वा तिनका पुर्खाहरू कुनै दिन आप्रवासी हुँदै अमेरिका प्रवेश गरेको इतिहास बिर्सिएका छन् । ट्रम्प अतिवादको कुरा गर्दै यो एक वर्षमा यहाँसम्म आइपुग्नु भयो, जुन धेरैका लागि पत्याउन नसकिने कुरा थियो । ट्रम्प प्रत्येक अमेरिकीहरूसित बन्दुक राख्ने अधिकारको कुरा गर्नुहुन्छ र आतङ्कवादको सर्वनाश गर्न लाग्ने कुरा गर्नुहुन्छ । हिलारीका नीतिहरू सन्तुलित छन् ।
लोकतन्त्रको अति सुन्दर पक्ष जनमत हो । अब अमेरिकाको चुनाव हेर्नु छ । ट्रम्पलाई जनमतले कसरी लिनेछ ? हिलारी त पहिलो महिला हुँदा नेपाल आएकै नेत्री हुन र अमेरिकी सहयोग नियोगका धेरैजसो नेपाल कार्यक्रम त्यो भ्रमणकै त्यसैका निरन्तरता हुन् । निर्वाचनका बेला जे जस्तो नारा दिए पनि ठूला मुलुकको विदेश नीतिमा त्यस्तो व्यापक फेरबदल त हुँदैन तर यो पटकको अमेरिकी निर्वाचनले मौजुदा विश्व अर्थराजनीतिमा पक्कै धेरै नयाँ बहस सिर्जना गर्ने देखिन्छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget