Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तह पुनःसंरचनामा जिल्ला विवाद

ram chandra (2)

रामचन्द्र पौडेल
स्थानीय निकाय पुनःसंरचना आयोगले जुन अवधारणा अगाडि ल्यायो, त्यो अवधारणाले हिमाल, तराई र पहाड सबै ठाउँमा एउटा हलचल मच्चिएको छ । यो अवधारणाका कारण असन्तोष फैलिएको छ । यसले देशलाई द्वन्द्वमा लैजाने संकेत देखिएको छ । अहिलेको सबैभन्दा ठूलो विषय भनेको के हो भने स्थानीय संरचनामा रहेको जिल्ला राख्ने कि नराख्ने भन्नेमा छ । नयाँ स्थानीय संरचनामा जिल्लालाई राख्ने कि नराख्ने भन्नेमा बहस हुन जरूरी छ । जिल्ला समाप्त गर्ने कि नगर्ने भन्ने कुराको पहिले टुंगो लाग्नुपर्छ ।

अर्को कुरा स्थानीय स्वशासन हो कि जातीय स्वशासन हामीले कायम गर्न चाहेको के हो ? त्यो पनि स्पष्ट हुन जरूरी छ । हामीले स्थानीय स्वशासन दिन खोजेको र चाहेको हो कि जातीय भन्ने विषय टुंगो लगाउनुपर्छ ।

नयाँ स्थानीय संरचनामा जिल्ला राख्ने कि नराख्ने अनि स्थानीय स्वशासन कि जातीय स्वशासन भन्ने विषय टुंगो लागेपछि यो समस्याको निकास भेटिन्छ । सबैभन्दा पहिले यी दुई विषय टुंगो लगाउनुपर्छ । यदि जिल्ला नहरने हो भने उत्पन्न हुने समस्याबारेमा पनि विचार पुर्याउनुपर्छ । पछि असन्तोष बढ्दै गएपछि सम्हाल्न गाह्रो पर्छ । त्यसकारण अहिले नै उत्पन्न हुने समस्याबारे हामी सचेत हुन जरूरी छ ।

अब स्थानीय तहलाई संविधानले दिएको अधिकारबारे पनि छलफल हुनुपर्छ । स्थानीय तह भनेको गाउँपालिका र नगरपालिकामात्रै हो, जिल्ला पनि हो । यो विषय पनि स्पष्ट भयो भने समस्या समाधानका लागि सहज हुन्छ । गाउँपालिका, नगरपालिका र जिल्ला पनि स्थानीय तह हो भने त्यही ढंगले छलफल चलाउनुपर्छ । यदि जिल्लालाई स्थानीय तह नमान्ने हो भने त्यही ढंगले छलफल र बहस हुनुपर्छ ।
अहिले संविधानमा स्थानीय तहलाई न्यायपालिका, कार्यपालिका र विधायिकाको अधिकार पनि दिइएको छ । यी तीनै कुरा स्थानीय तहमा लैजाने उल्लेख छ । न्यायपालिका, कार्यपालिका र विधायिकालाई स्थानीय तहमा लैजान सरल ढंगले हेर्दा जिल्लालाई स्थानीय तह मान्दा एउटा कुरा हुन्छ । जिल्लालाई मान्दा संविधानको यो व्यवस्था कार्यान्वयनमा सहज हुन्छ । जिल्लामा जिल्ला अदालत छ, त्यसलाई स्थानीय तहको न्यायपालिकाका रुपमा लिन सकिन्छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको व्यवस्था छ । जिल्लामा स्थानीय विकास अधिकारी छ । यी सबै कार्यकारी कार्यालय हुन । यसमा जनप्रतिनिधि राखेपछि कार्यपालिका बन्छ । अब जिल्ला विकासअन्तर्गत जिल्लासभा राखेमा विधायिका बन्छ । न्यायपालिका, कार्यपालिका र विधायिका बनाउने संविधानको व्यवस्था स्थानीय तह जिल्लालाई मान्दा तत्काल कार्यान्वयन गराउन सकिन्छ । यो भयो भने जिल्लाको माध्यमबाट जनताले स्वशासन पाउँछन् ।


यी जिल्लाको संरचना बन्नका लागि वर्षांै लागेको छ । सरकारी कार्यालय वर्षौं लगाएर स्थापना भएका छन् । यी संरचनालाई विस्थापित गरेर कति ठाउँमा हामीले सार्नुपर्छ । त्यसमा पनि विचार पुर्याउनुपर्छ । बनिसकेको संचरनालाई भत्काएर फेरि दर्जनौँ ठाउँमा यी संरचना सार्दा नेपालको विकास कहिले हुन्छ, हामीले यतातिर पनि सोच्नुपर्छ । बाटो, बिजुली, पानीको व्यवस्था कहिले गर्न सकिन्छ । यसरी जिल्लाको सबै संरचना भत्काएर विभिन्न ठाउँमा नयाँ संरचना बनाउने कति वर्षको बजेट खर्च हुन्छ ।

अनि ठिक्क–ठिक्कका गाउँपालिका बनाएर त्यो गाउँले उपभोग गर्न सक्ने अधिकार प्रत्यायोजन गर्दै जानुपर्छ । वास्तवमा जनताले घरदैलोबाट सेवा पाउने सुविधालाई नौ डाँडापारि पुर्याउँदा जनतामा उत्पन्न हुने असन्तोषलाई राज्यले थाम्न सक्छ कि सक्दैन । यो विषयलाई गहिरो रुपमा मनन गरेर स्थानीय तहको पुनःसंरचनाको काम अगाडि बढाउँदा सहज हुन्छ ।

अहिले जुन जिल्ला विकासको समस्या छ, हरेक जिल्लाको आ–आफ्नो पहिचान बनेको छ । हुम्लाको आफ्नै पहिचान भएको छ भने झापाको आफ्नै र सोलुखुम्बुको आफ्नै पहिचान बनेको छ । ७५ वटै जिल्लाको आ–आफ्नै पहिचान बनिसकेको अवस्थामा हामीले सोच नपुर्याउँदा ठूलो समस्या सिर्जना हुन्छ ।

फेरि यी जिल्लाको संरचना बन्नका लागि वर्षांै लागेको छ । सरकारी कार्यालय वर्षौं लगाएर स्थापना भएका छन् । यी संरचनालाई विस्थापित गरेर कति ठाउँमा हामीले सार्नुपर्छ । त्यसमा पनि विचार पुर्याउनुपर्छ । बनिसकेको संचरनालाई भत्काएर फेरि दर्जनौँ ठाउँमा यी संरचना सार्दा नेपालको विकास कहिले हुन्छ, हामीले यतातिर पनि सोच्नुपर्छ । बाटो, बिजुली, पानीको व्यवस्था कहिले गर्न सकिन्छ । यसरी जिल्लाको सबै संरचना भत्काएर विभिन्न ठाउँमा नयाँ संरचना बनाउने कति वर्षको बजेट खर्च हुन्छ ।


अहिले संघीयता भएपछि किन जिल्ला चाहियो भन्ने विचार ल्याइएको छ । संघीयता भएपछि प्रदेश हुन्छ, प्रदेश भएपछि किन जिल्ला चाहियो भन्ने तर्क अगाडि आउन लागेका छन् । यसो हो भने जिल्लाको अस्तित्व के हुने भन्ने पहिले नै टुंगो लाग्नुपर्छ ।

अहिले हामीले जुन कल्पना गरेको आयोगले अगाडि ल्याएको अवधारणाअनुसार जाने हो भने जिल्लाको अस्तित्व मेटाउने अनि जिल्लामा बनेका संरचनालाई नौ ठाउँमा सार्ने गर्दा आउने असन्तोषलाई हामीले सोच्ने कि नसोच्ने । त्यसरी जिल्लाको अस्तित्व मेटाएर त्यो संरचना अन्त सार्दा जनताको असन्तोष हामीले कसरी थेग्छौँ ।

अहिले संघीयता भएपछि किन जिल्ला चाहियो भन्ने विचार ल्याइएको छ । संघीयता भएपछि प्रदेश हुन्छ, प्रदेश भएपछि किन जिल्ला चाहियो भन्ने तर्क अगाडि आउन लागेका छन् । यसो हो भने जिल्लाको अस्तित्व के हुने भन्ने पहिले नै टुंगो लाग्नुपर्छ ।

योभन्दा पछि स्थानीय स्वशासन हो कि जातीय भन्ने पनि जिल्लाको अस्तित्वसँगै टुंगो लाग्नुपर्छ । यो भयो भने मात्र पुनःसंरचना टुंगो लाग्नेछ भन्ने हो ।

हामीले भोलिको समाजमा, कस्तो नेपाल, कस्तो समाज र कस्तो संरचना बनाउने भन्नेमा यी विषयले प्रभाव पार्छन् । अर्को मुख्य कुरा भनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मंसिरमा निर्वाचन गराउने निर्णय गरेको थियो । कांग्रेसले यो निर्णय उल्टायो भन्ने सन्देश गाउँ–गाउँ पुर्याउने प्रयास हुन सक्छ । नेतृत्वले यो विषय रोक्न सक्नुपर्छ ।

हामीले स्थानीय तहको निर्वाचन नहोस् भनेको होइन । हाम्रो चाहना भनेको संविधानले गाउँपालिका, नगरपालिका भन्यो, अब गाउँपालिका, नगरपालिका बनाएर निर्वाचन गराऔँ भन्ने हो । कांग्रेसले खोजेको विषय के हो भने गाउँपालिका, नगरपालिका बनाएर निर्वाचन गर्ने कि अहिलेको गाविस र नगरको निर्वाचन गर्ने भन्ने निष्कर्ष निकाल्ने हो । अहिले संविधानको व्यवस्थाअनुसार गाउँपालिका नबनाई निर्वाचन गर्दा दोहोरो हुन्छ कि भन्नेमात्र चिन्ता कांग्रेसको हो किनभने संविधानअनुसार २०७४ माघ ७ गते संघीय संसद्को निर्वाचनसँगै राष्ट्रियसभा गठनका लागि गाउँपालिका नगरपालिकाबाट निर्वाचित प्रतिनिधि आवश्यक पर्छ । अहिले गाउँ विकासको निर्वाचन गर्दा दोहोरो खर्च पर्छ । गाउँपालिकाको निर्वाचन नभएसम्म राष्ट्रियसभा र प्रतिनिधिसभा पनि बन्न सक्दैन । समानुपातिक व्यवस्था जुन छ, संविधानले तोकेअनुसारको प्रतिनिधित्व गराउनका लागि प्रतिनिधिसभा तथा प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव छैन । यसका लागि राष्ट्रियसभाबाट यो संख्या पुर्याउनुपर्छ । गाउँपालिकाको निर्वाचन नभई संसद्को निर्वाचन हुन समस्या छ । गाविसको निर्वाचन गर्ने हो भने हामीले किन रोक्ने मंसिरमै निर्वाचन गरे हुन्छ । कांग्रेसले निर्वाचन रोक्यो भन्ने अबगाल पनि आउँदैन । गाविसको मात्र हो भने मंसिरमै निर्वाचन गर्नुपर्छ । तर, गाउँपालिका बनाएर निर्वाचन गर्ने हो भने हामीले मंसिरको निर्वाचनमा प्रश्न गरेको हो ।

अब अरु पार्टीसँग वार्ता र छलफल गरेर कांग्रेसले अगुवाइ गरेर यो विषय टुंगो लगाउनुपर्छ । अब हामीसँग समय छैन । संसद्को ठूलो पार्टी भएको कांग्रेसले एक साताभित्र टुंगो लगाउनुपर्छ । संविधान कार्यान्वयन हाम्रो चुनौती हो । यो चुनौती सामना गर्नका लागि हाम्रासामु स्थानीय निकायको पुनःसंरचना चुनौती हो ।

(पार्टी केन्द्रीय समितिद्वारा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या एवम् सिमाना निर्धारणका लागि सुझाव लिन आइतवार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलद्वारा व्यक्त विचार ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget