Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री प्रचण्डलाई सेयर बजारमा ‘रेड सिग्नल’ !

 down-share-market



काठमाडौं , साउन१९ गते । मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सेयर बजारले रातो रंगले स्वागत गरेको छ । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचन भएकै दिन सेयर बजार सूचक नेप्से इन्डेक्स १२.७५ अंकले घटेर १८१३.७२ अंकमा झरेको छ ।

यो दिन नेप्सेका सबै समूहगत सूचकरु रातो रंगले पोतिएका छन् । नेप्सेमा रातो रंगले घटेको र हरियो रंगले बढेको संकेत गर्छ । यो साताको पहिलो दिनदेखि नै नेप्से लगातार घटिरहेको थियो । स्मरण रहोस् २०६५ भदौ १५ गते त्यसबेलासम्मकै उच्च ११७५ अंकमा रहेको नेप्से प्रचण्ड प्रधानमन्त्री भएकैबेला ०६५ फागुनमा घटेर ५ सय अंकको हाराहारीमा आएका थियो ।

अहिले पनि प्रचण्ड प्रधानमन्त्री हुने समय नजिकिँदै गर्दादेखि घटेको नेप्से प्रचण्ड प्रधानमन्त्री भएकै दिन पनि घटेर सुखद संकेत गरेन । यो दिन वाणिज्य बैंक समूहको सूचक साढे १३ अंकले घटेको छ । पुँजी बजारमा बैंकिङ समूहको ७५ प्रतिशत बजार हिस्सा छ ।

त्यसैगरी, होटल समूहको १०.८९ अंकले, विकास बैंक समूहको ११ अकले, जलविद्यूत समूहको साढे १७ अंकले बीमा समूहको ३३.८२ अंकले, वित्त कम्पनी समूहको साढे १० अंकले, उत्पानमूलक समूहको ४१ र अन्य मसूहको सूचक ३.७६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।यो दिन स्टक एक्सचेञ्जमा १ सय २४ कम्पनीका २४ लाख ९९ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । - अनलाइन खबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget