Websoft University

www.radiomakalu.com || 021-522512


भागवण्डा नमिलेको भन्दै पौडेल समूहले मन्त्रीको नाम दिएन


Ramchandra Paudel

काठमाडौं,भदौ ८ गते । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले अझै मन्त्रीहरुको नाम सिफारिस गरेको छैन ।

कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयहरुमा मन्त्री सिफारिस गर्ने तयारी गरेको छ । तर, आन्तरिक भागवण्डा नमिलेका कारण मन्त्रीहरुको टुंगो लागिसकेको छैन ।

मन्त्री छान्नका लागि पौडेल समूहको बुधबार बिहान बैठक बसेको थियो । तर, नेता पौडेलले आफूहरुले पाउने मन्त्रालय र संख्या अझै टुंगो नलागेको नेताहरुलाई जानकारी दिए ।

पौडेलले बताएअनुसार सभापति देउवाले चार मन्त्रीको नाम सिफारिस गर्न भनेका छन् । तर, आफूले कम्तिमा ५/६ मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने अडान लिएको उनले बताए ।

बैठकमा सहभागी एक नेताले भने, अब उहाँ (पौडेल)ले सभापतिजीसँग छलफल गर्नुहुन्छ । र, ४ बजे हाम्रो बैठक बोलाइएको छ ।’

मन्त्रालय नटुंगिएको भन्दै बैठकमा नामबारे छलफल भएको छैन । तर, नेताहरुबीच समझदारी भइरहेको बताइएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget