Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्री पदसँग सीमांकनको मुद्दा साट्दैनौं: शुक्ला



काठमाडौं,साउन २४ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले मन्त्री पदसँग सीमांकनको मुद्दा नसाट्ने बताएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई संसदमा बधाइ तथा शुभकामना दिने क्रममा मधेसी मोर्चाका नेता शुक्लाले आफूहरु सम्मानजनक निकासको पक्षमा रहेको बताए ।

तीनबुँदे सहमतिसँगै आफूहरुले सरकारलाई समर्थन गरेको भन्दै उनले सीमांकन र विभेदकारी धाराहरुलाई संशोधन गर्नुपर्ने बताए ।

कांग्रेस र माओवादीको प्रतिवद्धताका आधारमा माग सम्बोधन हुन्छ भन्ने विश्वास लागेको भन्दै उनले भने, ‘मुद्दालाई थाती राखेर हामी सरकारमा जाने पक्षमा छैनौं । मुद्दालाई कुर्सीसँग साटासाट गर्ने पक्षमा छैनौैं ।’

तीनबुँदे सहमतिको दोस्रो बुँदा कार्यान्वयन सुरु भएको र पहिलो बुँदा पनि कार्यान्वयनका लागि गृहकार्य सुरु भएको उनले बताए । यो सहज नभएको भन्दै उनले भने, ‘सरकारको गतिशिलतालाई हामी नजिकबाट नियाल्छौं ।’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget