Websoft University

www.radiomakalu.com || 021-522512


श्रीलंकाले बनायो रेकर्ड, दोस्रो टेष्टमा अष्ट्रेलिया पराजित

Dilruwan-Perera

काठमाडौं, साउन २२ गते । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा श्रीलंका २२९ रनको जित हात पारेको छ । यससँगै ३ म्याचको सिरिज श्रीलंकाले २-० ले जितेको छ ।

पछिल्लो १७ वर्षमा अष्ट्रेलियाले श्रीलंकासँग टेष्ट सिरिज गुमाएको यो पहिलो पटक हो । ४१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले दुई विकेटको क्षतिमा बनाएको २५ रनबाट शनिबार तेस्रो दिनको खेल थालेको थियो । तर, दिलरुवान परेराले घातक बलिङ गरेपछि अष्ट्रेलिया १८३ रनमा अलआउट भयो ।

उसका लागि डेभिड वार्नरले सर्वाधिक ४१ रन बनाए । परेरा एक्लैले ६ विकेट लिए ।

श्रीलंकाले पहिलो पारीमा २८१ रन बनाउँदा अष्ट्रेलिया १०६ रनमा मा अलआउट भएको थियो । दोस्रो पारीमा २३७ रन बनाउँदै घरेलु टोली श्रीलंकाले अष्ट्रेलियासामू ४१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पहिलो टेष्ट श्रीलंकाले १०६ रनले जितेको थियो । तेस्रो टेष्ट अगष्ट १३ बाट सुरु हुनेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget