Websoft University

www.radiomakalu.com || 021-522512


डिप्रेसनको सम्बन्ध दिमागसँग मात्र होइन, शरीरसँग पनि

depression_stress_anxiety

डिप्रेसनलाई आमरुपमा मस्तिष्कसँग जोडिएको अर्थात् मानसिक रोग मानिन्छ । तर डिप्रेसनको सम्बन्ध केबल दिमागसँग मात्र होइन देहसँग पनि रहन्छ ।

कतिपय वैज्ञानिकहरुका अनुसार जो औषधिहरु जसले शरीरको अति सक्रिय प्रतिरक्षा प्रणालीलाई शान्त पार्ने काम गर्दछन्, त्यस्ता औषधिहरु डिप्रेसनको उपचारमा पनि कामयावी हुनसक्छन् ।

एक तथ्यांक अनुसार विश्वमा झण्डै ३५ करोड मानिस डिप्रेसनबाट पीडित छन् । ती मध्ये एक तिहाई मानिसहरुको शरीरमा प्रतिरक्षा प्रणाली अर्थात् इम्युनिटी सिस्ट अति सक्रिय अर्थात् ओभरएक्टिभ रहेको पाइएको छ ।

बेलायतको लण्डनस्थित किंग्स कलेजका प्राध्यापक कारमिने परियन्तेका अनुसार कुनैपनि मानिसको प्रतिरक्षा प्रणाली र मस्तिष्कको कार्यशैलीको बीचमा सम्बन्ध रहेको तथ्य पत्ता लाग्नु भनेको पछिल्लो २० वर्षमा मनोरोग विज्ञानको क्षेत्रमा भएको सबैभन्दा अहम खोजमा एक मानिनेछ ।

उनी भन्छनः यो महत्वपूर्ण कडी हो । पहिलोपटक यो तथ्य पत्ता लागेको छ की डिप्रेसनको समस्या केवल दिमागसँग मात्र हुँदैन, यसको सम्बन्ध सरीरको रोग प्रतिरोधी क्षमताको गडबडीसँग पनि हुन्छ ।
यो सम्बन्ध यदि पत्ता लागेमा त्यसले मानिसमा हुने डिप्रेसनको उपचारमा एक क्रान्तिकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget