Websoft University

www.radiomakalu.com || 021-522512


काश्मिरमा जारी आन्दोलनका क्रममा छ खर्ब चालिस अर्ब घाटा



काश्मिर– भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा छ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ ।

काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया बन्द छन् ।

हिज बुल्लाह मुजाहिद्दीन नेता बुरहान बानीको सरकारी सुरक्षाकर्मीसँगको झडपमा मृत्यु भएपछि भड्केको हिंसाका कारण यहाँ ६६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।

काश्मिरको अनन्तनाग जिल्लाबाट फैलिएको हिंसाले काश्मिरको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ भने बन्द तथा हडतालका कारण व्यापारिक, पर्यटकीय लगायतका नियमित गतिविधिमा नराम्रो असर पर्दा छ खर्ब ४० अर्ब बराबरको घाटा यस क्षेत्रले व्यहोर्नु परेको फेडेरेसनका अध्यक्ष मोहमद यसिन खाँले बताए ।

यो तथ्याङ्क छ महिना पहिले हुने गरेको दैनिक कारोबारका आधारमा निकालिएको अध्यक्ष खाँको दाबी छ । काश्मिरमा हड्ताल तथा बन्दका कारण दैनिक १३ अर्ब ५० करोड बराबरको घाटा हुने गरेको खाँले बताए ।- रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget