Websoft University

www.radiomakalu.com || 021-522512


दाम्पत्य सम्बन्धलाई जोगाउने उपाय

realationship


दाम्पत्य जिवनलाई सुमधुर बनाइराख्नु निकै चुनौतिपूर्ण कुरा हो । अझ अहिलेको खुल्ला समाज, पति पत्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक खटपटका लागि निकै जिम्मेवार हुने गरेका छन् ।

तर यस्तो चुनौतिपूर्ण अवस्थामा पनि श्रीमान श्रीमतीमा आपसी विश्वास भयो भने वैवाहिक सम्बन्ध दीगो रहन्छ । दाम्पत्य सम्बन्धलाई दीगो बनाउने ५ उपाय यस्ता छन्ः

माफी माग्नुः विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रिस तथा इगोमा परेर कतिपय अपि्रय निर्णयहरु गर्दछन् जसले आपसी सम्बन्धलाई बिगार्दछ । त्यसैले सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नुपर्छ । झगडा बढ्दा आफु शान्त हुने उपाय अपनाउनुपर्छ । माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शव्दहरु झगडा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ । तर आफुले गल्ती गरेको बेला माफी माग्न नहिच्किचाउनुहोस् ।

समयको मूल्यलाई बुझ्नेः कुनैपनि नाता सम्बन्धलाई जिवनभर सम्हाल्नका लागि त्यसमा समय त खर्च गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नो पार्टनरका लागि उचीत मौकामा पर्याप्त समय दिनुहोस् । गरेको बाचा पूरा गर्ने गर्नुहोस् । समयको सदैव ख्याल गर्नुहोस् ।

एक अर्काको कुरा बुझ्ने बानी बसाल्नेः कुराकानीको क्रममा वादविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो । कतिपय अवस्थामा विचारमा टकराव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टुटाइदिन सक्छ । त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ ।

यौन जिवनलाई हेलचेक्राइ नगर्नेः अधिकतम विवाहति जोडीहरुबीचको अन्तरंग सम्बन्धमै उत्पन्न हुने खराबीका कारणउनीहरुको सम्बन्धमा खाडल उत्पन्न हुने गर्दछ । त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि सुखमय यौन सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ ।

विश्वासः हरेक समय आफ्नो पार्टनरमा शंका गर्नु ठीक हुँदैन, न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो । एक अध्ययन अनुसार ७० प्रतिशत विवाहित पुरुषहरु परस्त्रीसँगको सम्बन्धमा हुन्छन् भने ५० प्रतिशत विवाहित महिलाहरु पनि परपुरुषसँगको सम्बन्धमा रहेका हुन्छन् ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget