Websoft University

www.radiomakalu.com || 021-522512


प्रभु साहको प्रश्नः कानुनमन्त्री भएर के गर्नु ? जनतालाई किताव बाँड्नु ?

Prabhu Shah

काठमाडौं, साउन ३० गते । नेकपा माओवादीका नेता प्रभु साहले मन्त्री छनौटमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुकेको प्रतिक्रिया दिएका छन् ।
प्रचण्डले साहलाई कानुनमन्त्री प्रस्ताव गरेका थिए । तर, उनले स्थानीय विकासमा दाबी गरे । साहले कानुन मन्त्री नबन्ने अडान लिएपछि माओवादी प्रचण्डले अर्को सांसद अजयशंकर नायकलाई यो जिम्मेवारी दिने निर्णय लिएका छन् ।

यसबारे प्रतिक्रिया दिँदा माओवादी नेता साहले भनेका छन्, ‘देशलाई कसरी निकास दिने भन्ने हेरेर मन्त्री छनौट गर्नु पर्ने थियो । यसमा थोरै च्युत भए जस्तो लाग्यो ।’

यो राम्रो लक्षण नभएको उनले बताए । माओवादी नेता साहले यसबारे थप कुुरा गर्न चाहेनन् ।

तर, स्थानीय विकास मन्त्रालयमा दाबी गर्ने क्रममा उनले पार्टी बैठकहरुमा आफूले अझै संविधान अस्वीकार गरेको र संविधान अस्वीकार गर्नेहरुको नेता भएको भन्ने गरेका थिए ।

आफूलाई कुनै पनि जिम्मेवारी दिँदा त्यसलाई पनि ध्यानमा दिनु पर्ने उनको तर्क छ । अहिले संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति समेत रहेका नेता साहले भन्ने गरेका छन्, कानुनमन्त्री हुनु भन्दा त अहिलेको सभापति नै ठीक छ । कानुनमन्त्री भएर जनतालाई के कानुनका किताब दिने ?’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget