Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाले भने- प्रजातन्त्र र अधिकारसँगै बिदेशी हस्तक्षेप र प्रभाव बढ्यो




राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको समस्या भारत र भारतीय नेता नभएर भारतीय भन्दा बढी भारतवादी देखाएर दुनो सोझ्याउने नेपाली नेता र कथित बुद्धिजीवी भएको आरोप लगाएका छन्।

राप्रपा नेपाल मकवानपुरद्वा शनिबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘राप्रपा नेपालको निमित्त सत्ता र कुर्सी ठूलो कुरा नभई नीति, विचार र आदर्श ठूलो कुरा हो,’ उनले भने, ‘सत्तामा टासिएर बसिरहन हामिलाई रातो कार्पेट थियो, तर हामीले त्यो बाटो रोजेनौ। हाम्रो निमित्त मुलुकको स्वाधिनता र नेपाली जनताको स्वाभिमान ठूलो कुरा हो।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले मुलुकको हितको निमित्त मित्रराष्ट्र चीनसँग सम्बन्ध राख्नु हाम्रो अपराध नभएको बताएका छन्।

विदेशी प्रत्यक्ष सहयोग, प्रायोजन र संयोजनमा २०६२/६३ को परिबर्तन पश्चात् बिदेशी शक्तिको प्रभाव र हस्तक्षेप बढेकोमा थापाले चिन्ता ब्यक्त गरेका छन्। ‘संविधान नआओस् भन्ने शक्तिका कारण सरकार परिबर्तन भएको र संविधान असफल बनाउने ग्र्याण्ड डिजाइनको मतियारको रुपमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र प्रयोग भइरहेको हुनसक्छ,’ थापाले आशंका गरे।

सरकार परिवर्तनको खेलले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उनले प्रश्न गरे,‘काङ्ग्रेस माओवादीले नेपाली जनतालाई के सन्देश दिन चाहिरहेका छन्?’

उनले भाषण गर्न जस्तो सजिलो नभएको भन्दै संविधान कार्यान्वयनमा जटिलता भएको बताए। राप्रपासँगको पार्टी एकताको विषयमा उनले ओली नेतृत्वको सरकार हटाउन जुन शक्तिले काम गरेको थियो, पार्टी एकता हुन नदिन त्यही शक्तीले काम गरेको बताए।

राप्रपा भन्दा दोब्बर ठूलो पार्टी हुँदा समेत बराबरिको आधारमा एकता गरौ भनेर आफूहरूले धेरै लचकता देखाएको भन्दै थापाले भने, ‘रातारात त्यो पनि तीन दिनसम्म बिना बिभागीय मन्त्री हुन किन कुद्नु भएको हो, बुझिनसक्नु भो। इमान , नैतिकता, निष्ठा र आदर्शको राजतीनि राप्रपा नेपालले गरिरहेकोले लोभ, मोह र स्वार्थसमूहसँग एकता नहुनुमा भगवानले जोगाएको पनि हुनसक्छ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget