Websoft University

www.radiomakalu.com || 021-522512


तामाको अचार खाँदा दुई बाल-बालिकाको मृत्यु


पाँचथर, भाद्र ७ गते। पाँचथर नागीन-३ मालबाँसेमा आज विहान तामाको अचार खाँदा दुई बालबालिकाको मृत्यु भएको छ।


Image result for dead body of 2 children


मृत्यु हुनेमा स्थानीय दुर्गा राईको ८ वर्षकी छोरी सरिता राई र ७ वर्षका छोरा सन्तोष राई रहेका छन्।
दुबै दिदी भाईले विहानको खानासंग ५/७ दिन अगाडि ल्याई प्लास्टिकको भाँडोमा राखेको भालु बाँसको तामाको अचार खाएका थिए। अचार खाएपछि अचानक विरामी परेका भाईको घरमै मृत्यु भएको तथा दिदीलाई उपचारकालागी स्थानीय स्वास्थ्य चौकी लैजानेक्रममा मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकी नागीनमा प्राप्त भएको हो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी नागीनबाट टोली खटिगई घटनाबारे अनुसन्धान कार्य भइरहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget