Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन भएमात्र आर्थिक, सामाजिक विकास सम्भवः सभामुख घर्ती


Onsari-Gharti

काठमाडौं, भदौ ५ गते । सभामुख ओनसरी घर्तीले मधेसवादी र आदिवासी जनजाति सम्बद्ध दलहरुका असन्तुष्टि संविधान संशोधनमार्फत् सम्बोधन गरेपछिमात्रै आर्थिक विकास सम्भव हुने बताएकी छन् । उनले संविधान संशोधनका लागि दलहरु लचिलो हुने विश्वास व्यक्त गरिन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख घर्तीले अहिले सतहमा देखिएका संविधानसँग सम्बन्धित विवाद समाधानका लागि संशोधन आवश्यक रहेको बताइन् ।

‘संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गरेपछिमात्र संविधानले परिकल्पना गरेका आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुन्छ,’ उनले भनिन् ।

उनले संविधान संशोधनका लागि मुख्य राजनीतिक दलहरुले सहमति जुटाउनेमा आफू विश्वस्त रहेको समेत बताइन् ।

सभामुख घर्तीले विकास आयोजनाहरुको कार्यान्वयनमा समस्या रहेका कारण जनताले लाभ पाउन नसकेको भन्दै आयोजनाहरुको काम प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर हुनुपर्ने बताइन् ।

उनले योजनाको तर्जुमा भन्दा पनि कार्यान्वयन मुख्य समस्या भएकाले संसद पनि विकास आयोजनाहरुलाई प्रभावकारी बनाउनेतर्फ केन्द्रीत रहेको बताइन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget