Websoft University

www.radiomakalu.com || 021-522512


खगेन्द्र संग्रौला भन्छन्-हाम्रो प्रश्न शाहीतन्त्रका गोटीहरुलाई श्रीपाँच बनाउनेसँग हो

khagendra sangraula

काठमाडौं,भदौ ४ गते । डा. गोविन्द केसीले थालेको सडक आन्दोलनमा शनिबार लेखक खगेन्द्र संग्रौला देखिए । डा. केसी र उनका समर्थनले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा पागल लेखेको स्टिकर निधारमा टाँसेर लेखक संग्रौला सहभागी भए ।
उनले सहभागीहरुलाई सम्बोधन गरे । उनले भने, ‘लोकमानले आफ्नो क्षेत्राधिकार नाघेर लोकतन्त्रमाथि नै प्रहार गरिसक्दा र जनस्तरबाट आवाज उठ्दा पनि जसले लोकमानलाई लोकमान बनाए, तीनको छानविन गर्न संसदमा किन छलफल नगरिएको ? कुन स्वार्थ वा भयले नगरिएको हो ?’
उनले अघि भने, ‘हाम्रो प्रश्न लोकमानसँग होइन, लोकमानलाई लोकमान बनाउनेसँग हो । संसदमा ६०१ सांसद छन् । हामीले तिरेको करबाट तीनको जीवन चलेको छ र पेटमा बोसो लागेको छ । सांसदहरुको काम विधिको निर्माण गर्ने हो ।’
लेखक संग्रौलालले निरंकुश शाहीतन्त्रका गोटीहरुलाई श्रीपाँच बनाउनेहरुको अनुहार जनतालाई देखाउने बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget