Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री प्रचण्ड दशैंअघि नै भारत जाने ?

prachanda

काठमाडौं,भदौ ३ गते । प्रधानमन्त्री प्रचण्डका विशेष दुत बनेर दिल्ली पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता थाल्दैछन् ।

निधिले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने छन् । सम्भवतः शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् ।

निधिको भ्रमणको उद्देश्य मखुर्जीको नेपाल भ्रमण सुनिश्चित गर्नुका साथै प्रधानमन्त्री प्रचण्डको दिल्ली यात्रा तय गर्नु पनि हो ।
र, प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नै भारतको भ्रमणमा जाने सम्भावना बढी छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रचण्डको भारत भ्रमणको प्रस्तावित मिति भदौ ३० देखि असोज २ गते हुनेछ ।

माओवादी उच्च स्रोतले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै हुने बताएको छ । निधिले दिल्ली बसाइका क्रममा प्रचण्ड भ्रमणको एजेण्डाहरु तय गर्नेछ ।

यदि अहिले प्रस्तावित मिति नै प्रचण्डको भारत भ्रमण भएमा यो मुर्खजीको नेपाल भ्रमण भन्दा अगाडि नै हुनेछ ।

आउलान् त मुखर्जी असोज ३ मा ?

नेपालले संविधान दिवसको अवसरमा हुने कार्यक्रममा भारतीय राष्ट्रपति मुखर्जीलाई प्रमुख अतिथि बनाउन चाहेको छ ।

संविधान दिवस असोज ३ गते छ । भारतीय राष्ट्रपतिको यो भ्रमणको तयारी अघिल्लो सरकारले नै गरेको थियो । र, भारतीय पक्ष यसमा सकारात्मक पनि देखिएका थिए ।

तर, त्यसअघि नेपालका राष्ट्रपति विद्या भण्डारीले भारतको भ्रमण गर्ने कार्यतालिका थियो ।

भण्डारीले वैशाख २७ गतेदेखि भारतको भ्रमण गर्ने तय भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो । वैशाख चौथो सरकार भएको सरकार परिर्वतनको ७२ घन्टे प्रयासमा भारतको भूमिका रहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको भ्रमण स्थगित गरेका थिए ।

अब भारतीय राष्ट्रपतिको भ्रमण पूर्व प्रस्तावित मितिमै हुने नहुने अन्यौल देखिएको छ । त्यसमाथि प्रचण्डको प्रस्तावित भारत भ्रमण भदौ ३० देखि असोज २ सम्म भएकाले पनि मुखर्जीको भ्रमण केही पछि मात्र हुने अनुमान गर्न थालिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले त नेपालमा मधेसी मोर्चाको माग सम्बोधनका लागि नयाँ संविधानमा संशोधन भएपछि मात्र मुखर्जी नेपाल आउने दाबी गरेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget