Websoft University

www.radiomakalu.com || 021-522512


सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैनः वैद्य

माथिल्लो कर्णाली र सुकुम्बासीको पक्षमा देशव्यापी प्रदर्शन गर्ने घोषणा
चितवन,साउन २३ गते । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान कांग्रेस र माओवादी समीकरणमा बनेको नयाँ सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने दावी गरेका छन् । जनताको पक्षमा काम गर्न सके प्रचण्ड नेतृत्वको सरकारको आफूहरुले विरोध नगर्ने वैद्यले बताए ।


आइतबार बिहान चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाटमा वैद्यले भने, ‘प्रचण्ड नेतृत्वको सरकार कसरी बन्यो भन्ने कुरा सबैलाई थाहा छ । यो सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने ठोकुवा मेरो छ ।’

यद्यपी नयाँ सरकार भर्खरै बनेकाले यसको काम हेर्न बाँकी रहेको उनले बताए ।

अध्यक्ष वैद्यले संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य रहे पनि यो व्यवस्थाले देशको विकास हुन नसक्ने बताए । आफूहरुले भन्दै आएको जनवादी क्रान्ति पूरा गर्नका लागि संसदीय व्यवस्था अन्त्य हुनुपर्नेमा वैद्यले जोड दिए ।

‘भदौ १५ देखि देशव्यापी आन्दोलन’

यसैबीच अध्यक्ष वैद्यले अब पार्टीले माथिल्लो कर्णाली आयोजना र सुकुम्बासी समस्या समाधानका लागि छिट्टै राष्ट्रव्यापी आन्दोलन गर्ने बताएका छन् ।

माथिल्लो कर्णाली आयोजना देशकै लगानीमा बन्नुपर्ने भन्दै उनले भारतीय कम्पनीलाई जिम्मा दिएको बिरोधमा असोज २६ गते र सुकुम्बासी समस्या समाधानको माग गर्दै आउँदो भदौ १५ गते देशव्यापी आन्दोलन गर्ने वैद्यले जानकारी दिए ।-राजेन्द्र आचार्य,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget