Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न सांसदको आग्रह



काठमाडौँ, साउन २४ गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गर्नुभएको छ ।

स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न माग गर्नुभएको हो ।

विशेष समयमा बोल्दै नेपाली काँग्रेसका भरतबहादुर खड्काले स्थानीय निकायको पुनःसंरचनामा हतार नगर्न र संवेदनशील हुन आग्रह गर्नुभयो ।

सोही पार्टीका रामहरि खतिवडाले गाउँपालिकाको प्रस्तावित प्रतिवेदनले सङ्घीय संसद् र प्रदेश सांसदको भन्दा गाउँपालिकाको सङ्ख्या बढी हुने गरी काम गर्न सुझाव दिनुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरी प्रस्तावित स्थानीय निकायको पुनःसंरचना गर्दा नेपाली जनताले लाभ लिन सक्ने प्रकारको नभएको बताउनुभयो ।

सांसद हीराबहादुर केसीले प्यूठानमा बाढी पहिरोपीडितले उचित राहत नपाएकामा ध्यानाकर्षण गराउनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले विद्यमान आयोगको काम रोकेर जनताको घरदैलोमा सरकारको सेवा पु¥याउने मापदण्डका आधारमा स्थानीय निकायको संरचना हुनुपर्ने बताउनुभयो ।

नेकपा (माले)का अइन्द्रकुमार नेम्बाङले सङ्घीयतामा जानु भनेकै जनतालाई बढीभन्दा बढी सेवाको प्रत्याभूति दिनु भएकाले सोहीअनुसार पुनःसंरचना गर्न माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले तराई मधेसमा एक प्रदेश माग गर्नेहरुको माग पूरा हुन नहुनेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का जीतबहादुर दर्जी, माओवादी केन्द्रका अमनलाल मोदीले मुलुकका शान्ति, अमनचयन र विकासका लागि सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्न माग गर्नुभयो ।

यसैगरी, शून्य समयमा बोल्ने एकमात्र सांसद नेकपा (एमाले) का यज्ञराज सुनुवारले स्थानीय निर्वाचन चाँडो सम्पन्न गर्न माग गर्नुभयो ।

बाढी पहिरोपीडितलाई क्षतिपूर्ति दिन माग

विशेष समयमा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले बाढी पहिरोबाट बढी मानवीय र भौतिक क्षति भएका जिल्लामा सरकारले दिने निर्णय भएको राहत वितरण र पुनःस्थापना गर्न र दीर्घकालीन समाधानको उपाय खोज्न आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले बागलुङमा भएको बाढी पहिरोको क्षति र जनजीवनको समस्याबारे अवगत गराउनुभयो ।

समाजवादी जनता दलका प्रेमबहादुर सिंहले अविरल वर्षाले भएको जनधनको क्षतिबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । अहिले पनि बैठक जारी छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget